श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाद्वारा संसद विघटन

११ कार्तिक २०७५, आईतवार ०८:१९

श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले आउँदो नोभेम्बर १६ तारिख सम्मका लागि संसद विघटन गरेका छन् । सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय लिएको भोलिपल्ट यस्तो निर्णय गरेका हुन्।

यसअघि उनले तत्कालीन प्रधानमन्त्री रनिल विक्रमासिंघेलाई बर्खास्त गरी राष्ट्रपति चुनावमा आफैंले हराएका पूर्व राष्ट्रपति महिन्दा राजापाक्षालाई प्रधानमन्त्री नियुक्त गरेका थिए ।बर्खास्तीमा परेका विक्रमसिंघेले भने आफू नै श्रीलंकाको प्रधानमन्त्री रहेको दावी गरेका छन् । संसदमा अझै आफ्नो बहुमत भएकाले आफू नै प्रधानमन्त्री भएको उनको दावी छ । विक्रमासिंघेको दलले राष्ट्रपतिले कू गरेको आरोप समेत लगाएको छ ।पछिल्ला दिनमा विक्रमसिंघे र राष्ट्रपति सिरिसेनाबीच सरकारको कामकारबाहीलाई लिएर मतभेद थियो ।

महिन्दा राजापाक्षालाई वर्तमान राष्ट्रपति सिरिसेनाले पछिल्लो राष्ट्रपति चुनावमा हराएका थिए । आफ्नै विरोधीका रुपमा चिनिने राजापाक्षालाई नै प्रधानमन्त्री बनाएर राष्ट्रपति ले सबैलाई आश्चर्यचकित बनाएका छन् ।वर्तमान सरकार विक्रमासिंघेको यूएनपी पार्टीसँग मिलेर चलेको थियो । तर विक्रमासिंघेले गठबन्धन छाड्ने संकेत आएलगत्तै राष्ट्रपति ले राजापाक्षालाई प्रधानमन्त्री बनाएका छन् ।गठबन्धन सरकारमा मन्त्री रहेका यूएनपीका मंगला समरवीराले ट्वीट गर्दै श्रीलंकामा संवैधानिक संकट उत्पन्न भएको बताएका छन् ।  ‘प्रधानमन्त्रीका रुपमा राजापाक्षेको नियुक्ति असंवैधानिक तथा गैरकानुनी हो । यो लोकतन्त्रविरोधी कू हो उनले भनेका छन्, ।