शैक्षिक गुणस्तरमा सुधार ल्याउनु पर्छ ः नगरप्रमुख थापा

१५ आश्विन २०७५, सोमबार १६:४५

 

अर्घाखाँची । भुमिकास्थान नगरपालिकाका नगरप्रमुख रेशम बहादुर थापाले शैक्षिक क्षेत्रको बिकास र सुधारका लागी आफुहरुले कुनै कसुर बाँकी नराख्ने बताएका छन ।

भुमिकास्थान नगरपालिका भरिका बिधालयका प्रअहरुलाई निर्देशन दिदै नगरप्रमुख थापाले बिधार्थिहरुको शैक्षिक गुणस्तरमा निकै सुधार गर्नु पर्ने देखिएकोले अङ्ग्रेजी शिक्षालाई ब्यवहाँरिक शिक्षाको रुपमा बिकास गर्नेगरि पठन पाठनलाई अगाडि बढाउन सरोकारवालाहरुलाई आग्रह गरेका छन ।

उनले बिहान १० बजेदेखि ४ बजे सम्म शिक्षकहरु बिधार्थि प्रति जिम्मेवार भएर पठनपाठन गराउनु पर्नेमा जोड दिएका हुन ।

कार्यक्रममा नगरउपप्रमुख खडानन्द बेल्बासेले शैक्षिक क्षेत्रको बिकासका लागि नगरपालिकाले नयाँ योजना निर्माण गरिरहेकाले ब्यवहाँरिक शिक्षा अहिलेको मुख्य आबश्यक्ता रहेकोमा जोड दिए ।

कार्यक्रममा प्रमुख प्रसासकिय अधिकृत हरि प्रसाद अर्याल नेकपाका युवानेता तथा सरसफाइ कार्यक्रमका अभियानता प्रेमनारायण गैरेको समेत सहभागीता रहेको थियो ।