विचारको विविधताले सामाजिक बहसलाई थप मजबुत बनाउँछःदाहाल

१० कार्तिक २०७५, शनिबार ११:५६

 

विचारहरुको विकास र महत्वपूर्ण सार्वजनिक नीतिका विषयहरुमा बौद्धिक बहसको आधार निर्माण गर्ने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गदै आएको इन्डिया फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा बोल्दै पुष्पकमल दाहाल प्रचण्डले उक्त फाउण्डेसनको उच्च प्रशंसा गरेका छन । उनले पाँचौं वर्षको अवधिमा, यस ‘इन्डिया आइडिया कन्क्लेभ’ फरक चरित्रको एक नेतृत्वदायी समारोह मात्र नभई विचारहरुको जन्म, विकास आदान(प्रदानका हिसाबले एक विशिष्ठ माध्यमका रुपमा विकास भएको बताए । त्यसले कालान्तरमा अझ सौहार्द एवं समृद्ध समाज निर्माणका लागि सकारात्मक माहोल सिर्जना गर्न योगदान पुर्‍याउनेछ भन्र्ने कुरामा बिशेष जोड दिए ।

 

उनले २१ औं शताब्दीमा आविश्कार र अन्वेषणहरुको लहर पैदा गर्नका लागि भारतले धेरै प्रस्ताव गर्नुपर्ने बताए । उनले उक्त कार्यक्रममा जोड दिदै भने, विचारक, नीति निर्माताहरुको सम्मानित भेलाका अगाडि म दुई करोड ८० लाख नेपालीहरुको सामुहिक विचार र तिनको सुनौलो भविष्यका लागि तिनका सपनाहरु, दृष्टि तथा आशाको प्रतिनिधित्व गदै तपाईमाझ आफ्नो विचार सेयर गर्दैछु ।

पूर्वप्रधानमन्त्री समेत रहेका दाहालले मानव जाति र हाम्रा आआफ्ना देशका नागरिकहरुका आआफना विचार हुन्छन् भन्दै हामी हाम्रो समाजलाई कस्तो बनाउन चाहन्छौं र हामी हाम्रो राज्य र विश्व समुदायलाई कहाँ पुराउन चाहन्छौं भन्ने कुरा विचारले निर्देशित गरेको हुन्छ भन्र्ने बिचार ब्यक्त गरेका थिए ।

उनले बैचारिक बिचार दिदै भने विचारहरु शुन्यतामा हुर्कन सक्दैन । विशिष्ट भौतिक सन्दर्भ र वस्तुस्थितिले मानव मस्तिष्कमा पार्ने प्रभावका प्रतिक्रिया नै विचार हुन्, मानव परिकल्पना र सिर्जनाको उपज हुन् विचार। केही विचारहरु समकालीन चुनौती र समस्याको मुकाविला गर्नका लागि आकस्मिक आवश्यकताद्वारा निर्देशित हुन्छन् भने धेरैजसो विचार मानव सुझबुझ र प्रगतिलाई अगाडि बढाउने र विकासको क्षितिजलाई विस्तार गर्दाका परिणाम विकास भएका हुन् ।

हरेक नयाँ युगको प्रारम्भका निम्ति केही अग्रगामी क्रान्तिकारी विचारहरुले रुपान्तरणकारी भूमिका खेलेका हुन्छन् भन्दै दाहालले जब विचार प्रादुर्भावको शुरुवात व्यक्तिगत तवरमा सर्वाङ्गीण एकाग्रताद्वारा समकालीन सोचका लागि हुन्छ, त्यसका लागि सिंगो समाज, राज्य र सभ्यताद्वारा त्यसलाई मलजल र सम्वर्द्धन गरेको हुन्छ भन्र्ने कुरा बताए ।

विचारको विविधताले सामाजिक बहसलाई थप मजबुत बनाउने कुरामा जोड दिदै दाहालले अन्तरसम्वाद र आदानप्रदानले विचारलाई परिस्कृत बनाउने कुरा बताए ।

दाहालले भने, विचारले हामीलाई सही र गलत, नैतिक र भ्रष्ट, असल र खराव पहिचान गर्नका लागि मद्दत गर्छ । यो मानव मस्तिष्कहरुको संसर्ग र परस्पर उर्वरताको विचार हो, जसले अविश्वसनीय तवरका मानव विकास र परिवर्तनहरु ल्याएका छन् ।

समय क्रममा उल्लेखनीय मानव विकासका बावजुत, विश्वले आज असंख्य चुनौतीहरुको सामना गरिरहेको छ । गरिबीको क्रुरतालाई आजपर्यन्त निवारण गर्न सकिएको छैन । असमानता राज्यभित्र र राज्य(राज्यबीच विशाल छन् । धेरै देश र समाजहरु विकास प्रकृयामा पछाडि नै छन् । धेरै क्षेत्रहरुमा शान्ति हासिल हुन कठिन भइरहेको छ । मानव दोहनबाट पैदा भएको जलवायु परिवर्तनका असरका कारण पृथ्वीको स्थिरतालाई खतरा पैदा भइरहेको छ ।दाहालले भने ।

परिवर्तनकारी चौथो औद्योगिक क्रान्ति उदयसँगै नयाँ अवसर र चुनौती दुवै पैदा भएको भन्दै प्रविधिका विविध क्षेत्रमा भएका क्रान्ति, कृत्रिम इन्टेनिजेन्स, रिवोटिस्, थ्रीडी, नानो प्रविधिहरुले विचारलाई सबल र परिस्कृत बनाउनका लागि मानव क्षमताको परीक्षण भइरहेको दाहालले बताए । तर, प्रविधिको विस्तार मात्रै पर्याप्त छैन । धेरै देशहरु अझै औद्योगीकरणको अघिल्ला लहरबाट लाभान्वित हुन सकेका छैनन् । प्रविधिको सपाट विस्तार र प्रसारका लागि अधीक काम आवश्यक छ । उनले भने ।

स्मृद्धिको स्तरमा, दक्षिण एशियाको अतीत समृद्ध छ भन्दै दाहालले विगत २०० वर्ष समयको अवधिमा, संसारका प्रायःजसो क्षेत्र अघि बढ्यो र हामी पछि परेको बताए ।

दशकौंसम्म तानशाही शासन, गरिबी र अविकासका विरुद्ध स्वतन्त्रताका लागि नेपाली जनताले लामो र कठिन संघर्ष गर्नु परेको बताउदै दाहालले तानाशाहीबाट स्वतन्त्रता, गरिवीबाट स्वतन्त्रता, एक दशक लामो सशस्त्र संघर्ष र त्यसपछि शान्ति प्रकृयाको नेताका हैसियतले मैले नजिकबाट मेरा जनताहरुको आकांक्षालाई देखेको छु । सशस्त्र संघर्षका बेलामा मेरो ध्यान सबैभन्दा बढी दबाइएका र सीमान्तकृत समुदायलाई जागरुक बनाउनु, उनीहरुको राम्रो भविष्यको सपना देखाउनु र तिनीहरुलाई प्रवृद्ध र सशक्तीकरण गर्नु थियो । यो देशको दुरजन क्षेत्रहरुमा सामाजिक जागरण उठेको सबैभन्दा उत्कृष्ट समय थियो भने ।

केही वर्षको अन्तरालमा नै सामन्तवादका किल्लाहरु ध्वस्त हुन सुरु भयो र स्वतन्त्रता र लोकतान्त्रीकरणको आवाज ठूलो र दृढतापूर्वक उठ्यो । जब सशस्त्र संघर्षले जनतालाई सशक्तीकरण गर्दै लगेको थियो, ऐतिहासिक शान्ति प्रकृयाले जनताको आकांक्षा निहीत एजेण्डालाई संस्थागत गर्दै लग्यो । जनताको उत्कृष्ट सेवाका लागि प्रकृयालाई सरल बनाउनु, जनताको सामाजिक(राजनीतिक आकांक्षालाई संविधानमा समेटी संविधानलाई जनताको पूर्ण अपनत्व हासिल हुने प्रकृया अवलम्वन गर्नु । मैले ऐतिहासिक शान्ति प्रकृया र लोकतान्त्रिक परिवर्तनका हरेक उदारचढाव र मोडहरुलाई देखेको छु । दाहालले भने ।

, नेपालको इतिहासमा संविधान जनताद्वारा प्रत्यक्ष निर्वाचित समावेशी संविधानसभाद्वारा निर्माण गरियो । अन्तरवस्तुका हिसावमा यसले दशौं वर्ष लामो संघर्षमा जनताद्वारा प्रदर्शित सपनाहरुलाई संस्थागत गर्‍यो । यो हाम्रो सफलता हो दाहालले भने ।

हामीले संविधान निर्माणपछिको संक्रमणका साथसाथै गत वर्ष तीन तहको निर्वाचनलाई कुशलतापूर्वक सफल र व्यवस्थित गरेको भन्दै दाहालले चुनावपछि केन्द्र सरकारका साथ प्रादेशिक सरकारहरु बलियो र लोकप्रिय जनमतमार्फत गठन भएको बताए ।