वास्तोलाको निधनमा कांग्रेसले तीन दिन शोक मनाउने

२८ आश्विन २०७५, आईतवार १७:५६

 

नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री चक्रप्रसाद वास्तोलाको निधनमा कांग्रेसले तीन दिन शोक मनाउने भएको छ ।

असोज २८, २९ र ३० गते पार्टीको केन्द्रीय कार्यायल र मातहतका सबै कार्यालयहरुमा झण्डा आधा झुकाउने र श्रद्धाञ्जली कार्यक्रमबाहेक कुनै पनि कार्यक्रम नगर्ने निर्णय गरेको छ ।असोज २९ गते केन्द्र तथा मातहतका सबै कार्यालय बन्द गर्ने, १३ दिनसम्म केन्द्र जिल्ला कार्यालयमा शोक पुस्तिका राख्ने १३ औं दिनमा केन्द्र जिल्लामा शोकसभा गर्ने निर्णय गरेको छ ।

वास्तोलाको शनिबार ललितपुरको खुमलटारस्थित निवासमै निधन भएको थियो । उनको शव अन्तिम श्रद्धाञ्जलीका लागि आइतबार दिउँसो १ बजेदेखि पार्टी कार्यालयमा राखिएको थियो नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्वर्गीय नेता बास्तोलाको पार्थिव शररमा पार्टीको झण्डा ओडाएर सम्मान व्यक्त गरेका छन् ।पार्टी केन्द्रीय कार्यालय सानेपामा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको उनको पार्थिव शरीरमा काँग्रेसलगायत विभिन्न पार्टीका नेता, कार्यकर्ता, समर्थक शुभेच्छुकले श्रद्धाञ्जली व्यक्त गरेका थिए ।