वामदेवलाई सांसद बनाउने बारे पार्टीभित्र छलफलै भएको थिएनः पोखरेल

२७ आश्विन २०७५, शनिबार १४:४४

उपप्रधानमन्त्री इश्वर पोखरेलले नेता बामदेव गौतमलाई सांसद बनाउने विषय पार्टी भित्र औपचारिक रुपमा प्रवेश नै नभएको दावी गरेका छन् ।

पोखरेलले काठमाडौं क्षेत्र नम्बर ७ का प्रतिनिधिसभाका सांसद रामवीर मानन्धरले राजीनामा दिने र नेता गौतमलाई उठाउने भन्ने विषय पार्टी भित्र छलफल नै नभएकाले त्यसमा टिप्पणी गरिरहन आवश्यक नरहेको प्रतिक्रिया पनि दिए । नेता गौतमलाई सांसद बनाउने विषय मुलुकमा अस्थिरता पैदा गर्ने गरी षडयन्त्रमूलक ढंगले आएकाले आफूले त्यस्ता गतिविधिको आलोचना गर्नु परेको पनि बताए ।

उपप्रधानमन्त्री पोखरेलले सरकारले कामै गरेन भन्ने खालको टिप्पणी न्यायोचित नभएको पनि भन्दै केही कमी कमजोरी भने रहेको उल्लेख गरे त्यसलाई सच्याउँदै अघि बढने दृढता पनि व्यक्त गरे सरकारले संवैधानिक व्यवस्था अनुसार कानुन निर्माणको कामलाई यस बीचमा उच्च प्राथमिकता दिएको पनि स्मरण गराए ।