वामदेवका लागि काठमाडौं ७ खाली गर्दैछुु रामवीर मानन्धर

२३ आश्विन २०७५, मंगलवार १६:११

नेपाल कम्युनिस्ट पार्टीका प्रतिनिधसभा सदस्य रामवीर मानन्धरले आफूले राजीनामा दिन लागेको बताएका छन्। नेता वामदेव गौतमलाई उपनिर्वाचनमार्फत प्रतिनिधिसभा सदस्यमा निर्वाचित गराउनका लागि सांसद मानन्धरले राजीनामा दिन लागेको बताएका हुन्।  विगतमा पार्टीले पठाएर निर्वाचनमा गएको र अहिले पार्टीले भनेकाले राजीनामा गर्न लागेको बताए। ुसचिवालयको बैठकमा कुरा उठेको रहेछ। पार्टीले आवश्यकता ठान्छ भने मैले छौड्नैपर्छआफूलाई पार्टीले भनेकाले राजीनामा गरेर गौतमका लागि काठमाडौं ७ खालि गर्न लागेको बताए। यहाँका जनताले विकास पाउन् भनेर आफूले राजीनामा दिन सहमत भएको बताए। उनले आफूले जनचाहना अनुसार काम गर्न नसकेको बताए। सोमबार बसेको नेकपाको सचिवालय बैठकमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता वामदेव गौतमले रामवीर मानन्धर राजीनामा दिन तयार भएको बताएका थिए। मानन्धरले राजीनामा गरेको भन्ने विषय पनि चर्चामा आएको थियो।  पछिल्लो समय मानन्धरलाई राजीनामा गराएर सांसद बन्ने अपेक्षासहित अगाडि बढेका छन्। मानन्धरले पत्रकार सम्मेलन गरेर राजीनामा गरेको सार्वजनिक घोषणा गर्ने बताएका छन्।