वर्ल्ड लिंकको रिपिटर टावरमा तोडफोड,

६ कार्तिक २०७५, मंगलवार १५:०९

सल्यानमा वर्ल्ड लिंक कम्युनिकेशनद्वारा सञ्चालित इण्टरनेट सेवाको टावरमा सोमबार राति तोडफोड भएको छ।

वर्ल्ड लिंक इन्टरनेटको कपुरकोट मूलाबारीको रिपिटर टावरमा तोडफोड गरी अज्ञात समूहले महत्वपूर्ण सामान चोरी गरेपछि वर्ल्ड लिंकको इन्टरनेट सेवा अवरुद्ध भएको छ। टावरमा क्षति भएपछि सल्यान, दाङ, रुकुम, रोल्पा, अर्घाखाँची, जाजरकोटलगायत जिल्लामा वर्ल्ड लिंकको इन्टरनेट सेवा अवरुद्ध भएको छ। अज्ञात समूहले टावरभित्र छिर्ने ढोका फोडेर महत्वपूर्ण तार काटी रेडियो उपकरण झिकेर लगेको वर्ल्ड लिंकका सल्यान प्रतिनिधि सनत कुमार शर्माले जानकारी दिए। घटनाबारे इलाका प्रहरी कार्यालय कपुरकोटले अनुसन्धान गरिरहेको जनाएको छ।