महानिर्देशक आचार्य सम्मानित

१८ आश्विन २०७५, बिहीबार १७:२२

 

भुमि ब्यवस्थापन तथा अभिलेख बिभागका महानिर्देशक मुक्ति प्रसाद आचार्य उत्कृष्ट निजामति सेवा सम्मान २०७५ बाट सम्मानित हुनु भएको छ । पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दको हात बाट ताम्रपत्र सहित दोसला ओढाएर आचार्यलाई सम्मान गरिएको हो ।

लामो समय देखि अत्यन्तै निष्ठाका साथ आचार्यले निजामति सेवा बाट राष्ट सेवामा उल्लेखनीय योगदान गदै आउनु भएको छ । निजामति सेवामा प्रवेश गरे देखि अहिले सम्म कुनै विवादमा तानिनु भएको छैन । उहाँको स्वच्छ छवि र ईमान्दारीताले भुमि ब्यवस्थापन तथा अभिलेख बिभागको महानिदेशक जस्तो गरिमामय पदको जिम्मेवारी बहन गर्न सफल हुनु भएको छ । बिभागमा उहाँको प्रबेश संगै धेरै सुधारका काम पनि भएका छन । छोटो कार्यकालमा नै आचार्यले बिभागमा धेरै महत्वपूर्ण काम गरेर देखाउनु भएको छ । आशा गर्न सकिन्छ । अझै पनि राम्रा र सुधारका काम गरेर देखाउनु हुनेछ ।