भारतमा विश्वकै अग्लो सालिक

१४ कार्तिक २०७५, बुधबार १६:३४

अहमदावाद भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आज गुजरातमा भारतका तत्कालीन नेता बल्लभभाइ पटेलको १८२ फूट लम्बाइको सालिक अनाबरण गरेका छन् । समाचार एजेन्सीहरुका अनुसार यो सालिक विश्वकै सबैभन्दा अग्लो सालिक हो ।

यसको निर्माण मूल्य २ हजार ३८९ करोड भारु रहेको जनाइएको छ । स्थानीय ठूलो भूभाग अधिग्रहण गरेर सो सालिक निर्माण गरिएकोले स्थानीय बासिन्दाले भने विरोध गरेको समाचार एजेन्सीहरुले जनाएका छन् । उक्त सालिक बनाउन करिब ४ वर्ष लागेको जनाइएको छ । उक्त सालिकलाई ‘स्ट्याचु अफ युनिटी’ नाम दिइएको छ । सन् १९४७ मा भारत स्वतन्त्र भए लगत्तै देश धेरै टुक्रामा विभाजित हुने खतरा रहेकोमा त्यसलाई कम भन्दा कम क्षति गराएर भरिसक्य सबैलाई समेट्न खोजेको भनेर पटेललाई भारतीयहरुले सम्झने गरेका छन् । पटेल त्यतिबेला भारतको उपप्रधानमन्त्री तथा गृहमन्त्री थिए ।