भारतमा नेपाली युवती बलात्कृत,

६ कार्तिक २०७५, मंगलवार १२:२९

भारत राजस्थानको जयपुरमा एक २३ वर्षिया नेपाली युवती सामूहिक रुपमा बलात्कृत भएकी छन् ।

भारतीय सरकारी समाचार एजेन्सी प्रेस ट्रष्ट अफ इण्डिया पीटीआइले जनाएअनुसार सो बलात्कार काण्डमा दुई व्यक्तिलाई भारतीय प्रहरीले पक्राउ गरेको छ ।नेपाली युवतीको उजुरीको आधारमा १९ वर्षिय लोकेश साइनी २४ वर्षिय कमल साइनी पक्राउ परेको जयपुरका एसीपी के के अवस्थीले जनाएका छन् ।

नेपाली युवती गएको शनिबार राति बलात्कारमा परेकी हुन् । ती युवतीले दिएको उजुरीअनुसार अभियुक्तहरुले यातना दिएपछि उनी मुहाना क्षेत्रको अपार्टमेन्टको तेस्रो तलाबाट हामफालेर त्यहाँबाट करिब १८ किमी टाढासम्म भागेकी थिइन् । उनको हाल स्थानीय जयपुरिया अस्पतालमा उपचार भइरहेको छ । उनको स्वास्थ्य परीक्षण भएको र घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।