बास्तोलाको पार्थिव शरीर १२ बजेदेखि सानेपामा राखिने

२८ आश्विन २०७५, आईतवार ०९:३०

 

नेपाली कांग्रेसका नेता चक्रप्रसाद बास्तोलाको पार्थिव शरीर आज अपराह्न पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिने भएको छ ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार, मध्याह्न १२ बजेदेखि २ बजेसम्म बास्तोलाको पार्थिव शरीर पार्टी कार्यालय सानेपामा राखिने छ । अपराह्न ४ बजे दाहसंसकारको लागि पशुपति आर्यघाट लगिनेछ ।

बास्तोलाका दुवै छोरीहरू गरिमा र सुम्निमा देश बाहिर छन् । उनीहरू आजै नेपाल आइपुग्ने बताइएको छ ।

लामो समयदेखि अस्वस्थ्य रहँदै आएका नेपाली काँग्रेसका नेता एवं पूर्वमन्त्री चक्रप्रसाद बास्तोलाको हिजो शनिबार आफ्नै निवासमा राति ९ः२० को समयमा निधन भएको हो