प्रधानमन्त्रीलाई चिकित्सकको सुझाव अब रेस्ट

१३ कार्तिक २०७५, मंगलवार १४:०५

काठमाडौँ प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यमा सुधार आएको छ । अस्पताल भर्ना गरेको आज दोस्रो दिनको रिपोर्ट सामान्य रहेको त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान मनमोहन कार्डियोथोरापी भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले जनाएको छ ।

 

आज बिहान गरिएको प्रधानमन्त्री ओलीको रगत परीक्षण तथा छातीको एक्स–रेलगायतको रिपोर्टहरू सकारात्मक रहेको अस्पताल ले विज्ञप्तिमार्फत जनाएका छन् ।
प्रा डा अरुण सायमीको संयोजकत्वमा प्रा डा दिव्या सिंह शाह तथा डा। सन्तकुमार दास प्रधानमन्त्रीको उपचारमा खटिएको छ ।प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै उनले भने ‘सोमबार छातीमा सङ्क्रमण देखिएका कारण प्रधानमन्त्रीलाई हामीले अस्पताल भर्ना गरेका हौं ।

अहिलेसम्म उहाँको स्वास्थ्यमा ज्वरो छैन । खोकी कम भएको छ । सुगर र प्रेसर पनि नियन्त्रणमा आएको छ । उहाँले आज सामान्य ब्रेकफास्ट खानुभयो ।किड्नी ट्रान्सप्लान्ट गरिएको प्रधानमन्त्री ओलीको छातीमा समस्या देखिएको छ । तर सबै समस्या नियन्त्रणमा आउने क्रम रहेको चिकित्सकहरूले बताएका छन् । मौसम पनि परिवर्तन भइरहेको छ । यो बेलामा ज्वरो आउनु, रुघाखोकी लाग्नु सामान्य हो । तर प्रधामन्त्रीले त किड्नी ट्रान्सप्लान्ट गर्नुभएको छ, यस्तो समयमा उहाँको ख्याल गर्नुपर्ने हुन्छ ।