नयाँ नोट साट्न उपभोक्ताको बिहानैदेखि लाइन

२१ आश्विन २०७५, आईतवार १२:०१

नेपाल राष्ट्र बैंकले यसवर्षको दसैंलाई लक्षित गरेर आज देखि नयाँ नोट वितरण सुरु गरेको छ ।

राष्ट्र बैंकले नयाँ नोट साट्न काठमाडौंमा २२ ठाउँ तोकेको छ। सरकारी स्वामित्व रहेका बैंकका २१ शाखा कार्यालय र राष्ट्र बैंकको थापाथली कार्यालयबाट नयाँ नोट साट्न पाइन्छ ।

आज बिहानैदेखि नयाँ नोट साट्न उपभोक्ता लाइनमा छन  ।  २० र ५० का दुई बण्डल तथा १ सयको १ बण्डल गरी २७ हजार रुपैयाँसम्म सटही गर्न पाउनेछन्  ।