पूर्वराजा ज्ञानेन्द्रद्वारा शक्तिपीठमा पूजार्चना

१ कार्तिक २०७५, बिहीबार ०८:५९

महाअष्टमीको दिन पूर्वराजा ज्ञानेन्द्र शाहले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा अवस्थित शक्तिपीठ र देवीमन्दिरहरूमा पूजाअर्चना गरेका छन ।

उनले नक्साल भगती, शोभा भगवती, विजेश्वरी, नरदेवी, इन्द्रायणी सङ्कटा भगवतीको पूजा आराधनाका साथै फूलप्रसाद एवम् टीका ग्रहण गरे ।