पाँच किलो सुनसहित बालाजुबाट तामाङ प्रहरी नियन्त्रणमा

१७ आश्विन २०७५, बुधबार ०९:४८

 

काठमाडौं– राजधानीको बालाजुस्थित तिनपिप्लेबाट प्रहरीले पाँच किलो सुन सहित एकजनालाई नियन्त्रणमा लिएको छ ।

रसुवाबाट काठमाडौं आउँदै गरेको बसमा सवार रसुवाका शोबहादुर तामाङले बोकेर आएको सुन सहित उनलाई नियन्त्रणमा लिईएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

केरुङ नाका हुँदै आएको उक्त सुनका भरिया तामाङले बेल्टमा बाँधेर ल्याएको उक्त सुन प्रहरीले तिनपिप्लेबाट बरामद गरेको थियो ।

पाँच किलो सुन बरामद गरिएको पुष्टि गर्दै महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी बसन्त लामाले भने, ‘पाँच किलो सुन बरामद गरेका छौं, थप अनुसन्धान भईरहेको छ ।’