पत्रकार खसोग्गीको हत्याका बारेमा बेलो युवराज

८ कार्तिक २०७५, बिहीबार ०८:२१

बीबीसी

साउदी अरबका युवराज मोहम्मद बिन सलमानले टर्कीमा साउदी पत्रकार जमाल खसोग्गीको हत्याको मामलामा जिम्मेवार सबै ‘अपराधी’ लाई सजायँ दिइने बताएका छन् ।

राजधानी रियादमा एक बिजनेस फोरममा बोल्दै मोहम्मद बिन सलमानले भने, ‘साउदीका सबै जनताका लागि यो अपराध दुःखदायी हो ।’ साथै उनले टर्कीसँग कुनै मनमुटाव नगर्ने बताएका छन् ।दूतावासमा खसोग्गीको हत्याको कुरा साउदीले स्विकारेपछि मोहम्मद बिन सलमानको यो पहिलो सार्वजनिक टिप्पणी हो ।यो हत्या एक जघन्य अपराध हो जसलाई उचित ठहराउन सकिँदैन । उनको हत्याका जो संलग्न छन्, उनीहरुलाई जिम्मेवार ठहराइनेछ र अन्त्यमा न्यायको नै जीत हुनेछ ।

उनले टर्कीको आरोपबीच साउदी र टर्कीको राम्रो सम्बन्ध भएको बताएका छन् । उनले भने, ‘धेरैले यो पीडादायी स्थितीको लाभ उठाएर साउदी अरब र टर्कीबीच मनमुटाव पैदा गर्ने कोसिस गरिरहेका छन् ।तीन दिवसीय उक्त बिजनेस फोरमलाई फ्युचर इन्भेस्टमेन्ट इनिशिएटिभ नाम दिइएको थियो साउदीका लागि यो व्यवसायिक फोरमलाई निकै महत्वपूर्ण मानिएको छ तर खसोग्गीको हत्यापछि विभिन्न पश्चिमी व्यवसायी र नेतालाई यसलाई बहिष्कार गरिसकेका छन् ।

साउदीका ऊर्जामन्त्री खालिद अल–फलिहले मंगलबार खासोग्गीको मुद्दाले संकटको स्थिती पैदा गरेको बताएका थिए ।मंगलबार युवराजले आफ्ना पिता किंग सलमानसँग खासोग्गीको परिवारसँग भेट गरेका थिए ।खसोग्गीको हत्यामा युवराजको भूमिका भएको कुरालाई साउदीले नकार्दै आएको छ ।अक्टोबर २ तारिखमा खसोग्गी इस्तानबुलको साउदी दूतावास गएका थिए जहाँ उनको हत्या गरिएको थियो ।मंगलबार एक रिपोर्ट सार्वजनिक भयो जसमा एक साउदी कूटनीतिज्ञको कारबाट खासोग्गीको शवको अवशेष भेटिएको बताइयो ।

टर्कीका राष्ट्रपति अर्दोआनले टर्कीसँग पत्रकारको पूर्वनियोजित हत्याको प्रमाण भएको बताइसकेका छन् । मंगलबार अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले खसोग्गीको हत्यामा साउदीको तर्फबाट दिएको प्रतिक्रिया वास्तविकता लुकाउनका लागि गरिएको अहिलेसम्मको सबैभन्दा खराब कोसिस बताएका छन् ।