निर्मला हत्याको छानविनमा लापरवाही गरेको छैन डिल्लीराज विष्ट

७ कार्तिक २०७५, बुधबार १७:२०

निर्मला पन्त हत्याको छानबिनमा लापरवाही गरेको अभियोगमा निलम्बनमा परेका एसपी डिल्लीराज विष्टले स्पष्टीकरण बुझाएका छन् ।

विष्टले बुधबार प्रहरी प्रधान कार्यालयमा बुझाएको स्पष्टीकरण गृह मन्त्रालय पठाइएको छ । प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले विष्टले बुझाएको स्पष्टीकरण जस्ताको तस्तै गृहमा पठाएका छौं ।स्रोतका अनुसार स्पष्टीकरणमा विष्टले आफूले लापरवाही नगरेको दाबी गरेका छन् ।१३ वषर्ीया बालिका निर्मलाको बलात्कारपछि हत्या भएको घटनाको छानबिनमा लापरवाही गरेको भन्दै गृहले किन कारबाही नगर्ने भनी स्पष्टीकरण सोधेको थियो ।छानबिन समितिको प्रतिवेदनले समेत प्रहरीको लापरवाही देखाएपछि विष्ट र इन्स्पेक्टर जगदिश भट्टलाई स्पष्टीकरण सोधिएको हो । स्रोतका अनुसार चित्तबुझ्दो जवाफ नआए बर्खास्त गर्ने गृहको तयारी छ ।