नाचियो बुटवलमा सरायँ नाच

७ कार्तिक २०७५, बुधबार १८:३१

पश्चिम नेपालको गुल्मी, अर्घाखाँची जिल्लामा लोकप्रिय रहेको सरायँ नाच रुपन्देहीको बुटवलमा पनि नाँचिएको छ ।

खागरी , गुल्मी, पाल्पा, अर्घाखाँची , प्युठान र स्याङ्जाबाट बसाईसराई गरी आएका विभिन्न व्याक्तिहरुको सहभागीतामा बुटवल–१२ देवीनगरमा सरायँ नाच नाचिएको छ । नवदुर्गा मन्दिर समितिको अगुवाईमा आयोजना गरिएको सरायँ नाचमा सयौंको संख्यामा सहभागीता रहेको थियो । नवदुर्गा मन्दिर समितिका अध्यक्ष अर्जुन कुँवरले विगत लामो समय देखि पहाडी जिल्लाहरुमा नाच्दै आइएको नाँच लाई सहरमा पनि निरन्तरता दिनको लागि सरायँ नाच नाचिएको जानकारी दिए । उनका अनुसार वि।स। २०६७ साल देखि निरन्तर रुपमा दशैंको पुर्णीमाको दिन यस्तो सराजय नाँच नाच्दै आइएको छ । उनी भन्छन्–‘पहाडमा रहेको सस्कृतीलाई जोगाउनको लागि यहाँ हामीले सरायँ नाच प्रर्दशन गरिएको हो । ’

हातमा खुडा, तरबार लगायतका विभिन्न हजियारहा सु सुज्वजित युवा, पाका, महिला तथा वृद्ध वृद्धाहरुले वाख्खै, वाख्खैको तालमा सराय नाँच नाचेका थिए । विगत २०६७ साल देखि देवीनगरमा पुर्णीमाको दिन सराय नाँच प्रर्दशन गर्दैै आएका अगुवा कुल बहादुर जिसीका गुल्मीको पिपलधाराका स्थानिय अगुवाहरुले त्यहाँ प्रर्दशन गरिदै आएको भगवती मन्दिरबाट खुडा, तरबार लगायतका देवी भवतीको प्रतिष्ठा ल्याएर यहाँ सरायँको सुरुवात गरिएको थियो ।

हतियार प्रदर्शन गर्दे नाचिने भएकोले युद्धसँग पनि जोडिएको छ । तर पछिल्लो समयमा सार्वजनिक स्थानमा हतियार प्रर्दशनमा रोक लगाइएको कारण कृत्रिम काठको खुँडा तथा खुकुरी बनाएर सरायँ नाच नाचिएको नवदुर्गा मन्दिर समितिका अध्यक्ष अर्जुन कुँवरको भनाई रहेको छ । दशैको टिकाकै दिनदेखि पहाडी जिल्लाका शक्तिपीठ तथा कोटहरुमा सराय नाच नाच्ने गरिन्छ । सरायँ नाच गुल्मी र अर्घाखाँचीमा बढी प्रचलित छ ।
बुटवलको देवीनगर, कपिलवस्तु, पाल्पा, प्युठानका विभिन्न दुर्गा मन्दिर तथा शक्ति पीठहरुमा तरबार खुँडा र हतियार लिएर पञ्चेबाजाको तालमा नाचिने नाचमा देवीको प्रतिक आलमलाई समेत लिएर नाचिन्छ । बाइसेचौबिसे राज्यकालमा कर्णलीमा खस राजाहरुले युद्ध जितेपछि देवीको पुजाआजा गर्दे अन्र्तमा हतियारसहित उत्सव मनाएर आत्मीयता साट्ने शान्तिको कामना गर्ने गरेको इतिहास रहेको बताईन्छ ।
खासगरी हतियारहरु हातमा लिएर वाख्यै वाख्यै गर्दै नाचिने भएकोले यसलाई खड्ग जात्रा पनि भनिएको हो । सरायको अर्थ चुचरो आर्थात् डाँडा माथिको समथर भाग भन्ने बुझिन्छ । चुचुरो आर्थत् डाँडामाथि कोतमा शक्ति पिठका मन्दिर हुने र ऐतिहासिक हातहतियार भण्डार पनि कोतको मन्दिरमा हुने हुँदा नजिकै रहेको सरायमा विजयउत्सवको नाच खेलिने परम्परा रहेकाले यस नाचलाई सराय नाच भन्ने गरिएको बताउँछन् ।

हिन्दू सांस्कृतिक परम्पराको जगेर्ना गर्न तथा सबै समुदायबीच धार्मिक, जातीय सदभाव कायम गरी भाइचाराको सम्बन्ध विस्तार गर्न र देशमा दीगो शान्ति सुव्यवस्था कायम गर्न सराय नाच नाच्ने गरिन्छ । बडा दशैको अवसरमा पहाडी जिल्लामा हुने प्रचलित सराय नाच शहरमा समेत हुन थालेको छ । पहाडी जिल्लाबाट बसाईसरी तराई झरेकाहरुले संस्कृतिको जगेर्नाका लागि शहरमा समेत सराय नाच नाच्ने गरेका छन् । बुटवलका जीतगढीमा चार वर्षअघिदेखि शुरु भएको सरायँ नाचलाई यो वर्ष पनि निरन्तरता दिइएको थियो ।