नयाँ शक्तिको बैठक आजदेखि

१४ कार्तिक २०७५, बुधबार १०:२४

काठमाडौं नयाँ शक्ति पार्टीको १५औँ संघीय बैठक आजदेखि काठमाडौंमा बस्ने भएको छ।

भोलिसम्म बुद्धनगरस्थित बुद्वनगर पार्टी प्यालेसमा  बैठक बस्ने तय भएको प्रचार विभाग प्रमुख विश्वदीप पाण्डेले जानकारी दिए। उनका अनुसार बैठकमा पार्टीको अवस्थाको रिपोर्टिङ, कामहरुको समीक्षा र आगामी कार्ययोजनाको विषयमा छलफल हुनेछ।बैठकमा वर्तमान राजनीतिक परिस्थितिबारे गहन छलफल, पार्टीको महाधिवेशनका विषयमा तथा पार्टीले लिनुपर्ने रणनीतिका बारेमा ठोस निर्णय हुने उनले जानकारी दिए।