दशैं लगत्तै मन्त्रिमण्डल हेरफेर सचिवालय पूनर्गठन बस्नेत

३१ आश्विन २०७५, बुधबार १८:१५

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका नेता महेश बस्नेतले दशैंलगत्तै मन्त्रिमण्डल हेरफेर हुने र सचिवालय पनि पूनर्गठन हुने घोषणा गरेका छन् । अहिले सम्मको समिक्षागर्दा प्रधानमन्त्री केपीशर्मा ओली सफल हुनुभएको छ । आगामी दिनमापनि सफल हुनुहुन्छ । ७महिनाको कार्यकालको समिक्षा स्वयम् प्रधानमन्त्रीले पनि गर्दैहुनुहुन्छ ।’

नेता बस्नेतले दशैंलगत्तै सरकारले  लोकप्रिय कार्यक्रमहरु ल्याउने पनि जानकारी दिए ।उनले भने सरकारले केही वितरणमुखी बजेट ल्याउनेछ । सरकारले समग्रता मा चाहे त्यो प्रधानमन्त्रीको सचिवालयको पूर्नगठनको कुरा होस या मन्त्रिमण्डल पूर्नगठन गर्ने कुरामा पनि ध्यान दिनेछ । प्रहरी प्रशासन परिचालनको विषयमा पनि ध्यानदिनेछ ।’प्रधानमन्त्री के पी शर्मा ओली नेतृत्वको सरकारसँग जनताअहिले खुशी रहेको विश्वास दिलाए । उनले भने सरकारको परफर्मेन्सबाट जनताखुशी छन् ।संघीयता कार्यान्वयन गर्न धेरै चूनौति रहेको उनले बताए

वर्तमान प्रधानमन्त्री ओलीले २ नम्बर प्रदेशको जनताको भावनाबुझेर संविधान संशोधनगर्ने कुरा गरेको पनिउनले सुनाए ।  सीके राउत र नेत्र विक्रम चन्द ‘विप्लवका गतिविधिहरु एकदमै गलत रहेकोबताए । गतिविधि एकदमै गलत छन् ।

मुलुकको सार्वभौम अखण्डतामाथि नै चूनौतिदिने गरेर एकातिर सीके राउतका गतिविधिहरु र अर्कोतर्फ आतकंवादलाई नै समर्थन गर्ने ढंगले विप्लव समूहरुको गतिविधिभएका छन् । त्यस्ताखालका गतिविधि हरु र विखण्डनकारी गतिविधिहरु लाई सरकारले नियन्त्रण गर्दाखेरी त्यो गरेबापत राज्यको आलोचनागर्ने मानवअधिकारवादी र घुमाईफिराई त्यसलाई समर्थन गर्ने न्यायालय, यो कुरा चाहीँआज समिक्षाको विषय हो उनले भने ।  फरक प्रसँग मा उनले आफ्नो पार्टीको सांगठनिक अवस्था अहिले कमजोर रहेको स्वीकार गरे ।