गुठी संस्थानमा सुधार

१८ आश्विन २०७५, बिहीबार ०८:३७

 

गुठी संस्थानमा प्रमुख प्रशासक नारायण चौधरीले जिम्मेवारी पाए संगै धेरै सुधारका काम भएका छन ।

उनले गुठी संस्थानको जिम्मेवारी बहन गरेको साढे तिन बर्ष भयो ।यो अवधीमा उनले उल्लेखनीय काम गरेर गुठीलाई सुधार गरेका छन   । गुठीको जग्गा र मठमन्दिरहरुको अतिक्रमण लाई रोक्ने काम भएको छ ।

त्यस्तै मठमन्दिरहरुकोे ब्यवस्थापनमा राम्रो प्रगति भएको छ । गुठीको सम्पतिवाट हुने आयआर्जन तथा ठेक्कापटटा बाट आउने आम्दानीको उल्लेखनीय बृद्धि भएको त्यहाँका कर्मचारीहरुले बताएका छन । गुठीको अक्षकोष साविकमा एक अर्व असी करोड हारा हारीमा रहेकोमा हाल आएर सो रकम बृद्धि भई करिव तिन अर्व नाघेको गुठि संस्थानले बताएको छ ।

मठ मन्दिर र जात्रा पर्वहरु सञ्चालन गर्ने गुठियार पुजारीहरुको माग गरेको खर्चको सम्वन्धमा ब्यापक छलफल गरी न्यायोचित रुपमा समाधान गदै गएकोले सो कुरामा अहिले गुनासो आउन कम भएको संस्थानका कर्मचारीले बताउने गरेका छन । अघिल्ला कार्यकालमा भन्दा चौधरीको कार्यकालमा तुलानात्मकरुपमा धेरै प्रगति भएको गुठियार सन्तमहन्तहरुले बताएका छन ।