खोज–अनुसन्धानमा जुट्ने संस्था राजनीतिक रङ र गन्धमा चुर्लुम्म नास्ट उपकुलपतिविहीन

७ कार्तिक २०७५, बुधबार ०९:०५

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपा का नेताको चर्को ‘बार्गेनिङ का कारण नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान नास्ट उपकुलपतिविहीन बनेको छ।

आफू निकटकालाई नियुक्त गर्न नेकपाका नेताको जोडबल बढेसँगै उपकुलपति नियुक्ति प्रक्रिया लम्बिन थालेको हो। नास्ट विगत डेढ महिनायता उपकुलपतिविहीन छ। यसअघिका उपकुलपति प्राडा जीवराज पोखरेलको कार्यकाल गत भदौ १४ मा सकिएसँगै नास्ट कार्यकारी विहिन बनेको हो।उपकुलपतिको दौडमा रहनेहरू सत्ताका शीर्ष नेता निकट भएकाले यो प्रक्रिया लम्बिएको नास्टका अधिकारी बताउँछन्। नास्ट उपकुलपतिको कार्यकाल ४ वर्षको हो।उपकुलपतिको दौडमा नास्टका प्राज्ञद्वय डा। दिनेश भुजु, डा ऋषि शाह, राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डा सुनिलबाबु श्रेष्ठ, काठमाडौं विश्वविद्यालयका प्राध्यापकद्वय रमेश मास्के र जनार्दन लामिछानेछन।

राजनीतिक बार्गेनिङका कारण यो प्रक्रिया लम्बिएको बताउँदै नास्टका एक उच्च अधिकारीले भने ‘नियुक्ति प्रक्रिया लम्बिने मुख्य कारण पोलिटिकल बार्गेनिङ नै हो, दशैं र तिहारको बहानामा यो प्रक्रिया अझै लम्बिने अवस्थामा पुगेको छ।स्रोतका अनुसार योजना आयोगका पूर्वसदस्य श्रेष्ठ नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठका नजिकका नातेदार हुन भने मास्के शिक्षामन्त्री गिरिराजमणि पोखरेल निकट मानिन्छन।

‘विज्ञानका विविध खोज अनुसन्धानमा जुट्ने संस्था राजनीतिक रङ र गन्धबाट टाढा रहनुपर्छ भन्ने प्रष्ट हुँदा हुँदै पनि नास्ट राजनीतिक प्रभावबाटै कहिलै मुक्त हुन सकेन, हाम्रा लागि दुर्भाग्य हो सो निकायका एक अधिकारीले प्रष्ट्याउँदै भने ‘उपकुलपति जुनसुकै नेता निकटका आए पनि हामीलाई क्षमतावान्, सबल र सक्षम नेतृत्व चाहिएको छ, विगतमा पार्टीको यो र त्यो जिम्मेवारीमा थिएँ भन्नेहरूले यस्तो निकायको नेतृत्व दावी गर्नु उपयुक्त हुँदैन।