कृष्णनगर तनावग्रस्त अनिश्चितकालीन कर्फ्यू

४ कार्तिक २०७५, आईतवार १८:०७

कृष्णनगर तनावग्रस्त अनिश्चितकालीन कर्फ्यू

नेपाल भारत सिमाना कपिलवस्तुको कृष्णनगर तनावग्रस्त बन्दै गएको छ। शनिबार हिन्दुहरुले दुर्गा भवानीको मुर्ति सेलाउने क्रममा मुस्लिमहरुको जामे मस्जिद नजिक मुर्ती राखिदिएपछि एकाएक कृष्णनगर तनावग्रस्त बनेको हो ।

कृष्णनगरमा तनाव पछी कपिलवस्तु प्रशासनले आज साँझ ५ बजेदेखि कर्फ्यूआदेश जारी गरेको छ। हिन्दु र मुस्लिम समुदायबीच झडप भएपछि कपिलबस्तु प्रसासनले कर्फु लगाएको हो।अहिले पनि कृष्णनगरमा हिन्दु धर्मालम्बी र मुस्लिम समुदायबीच दोहोरो ढुंगा हानाहान पछि जिल्लाको शान्ति सुरक्षा कायम गर्न आज साझ ५ बजेदेखि अनिश्चित कालका लागि कर्फ्यू जारी गरिएको प्रमुख जिल्ला अधिकारी अर्जुनप्रसाद पोख्रेलले बताए ।

प्रमुख जिल्ला अधिकारी पोख्रेलका अनुसार सामान्य विषय भए पनि धार्मिक हिंसा भड्किने खतरा आएकाले कर्फ्यू जारी गर्नु परेको हो । दई दिनसम्म पनि मिलाउने प्रयास असफल भएपछि अर्को आदेश नभएसम्मका लागि कर्फ्यू जारी गरिएको बताए ।अहिले सो क्षेत्रको स्थिती तनावग्रस्त छ । शनिवार हिन्दुहरुले मस्जिद नजिकै दुर्गा भवानीको मुर्ती सेलाउन खोजेपछि सो क्षेत्रका मुस्लिमहरुले मस्जिद अगाडी नसेलाउन आग्रह गरेका थिए ।

यसअघि पनि सधैं कृष्णनगर –२ मा रहेको सो मस्जिद नजिक दुर्गा भवानीको मुर्ति सेलाइने गरिन्थ्यो ।सोही क्रममा हिन्दु र मुस्लिम समुदायबीच केही बेर झडपसमेत भएको थियो । अहिले सो क्षेत्रमा तनावग्रस्त भएपछि जिल्ला प्रहरी कार्यालय तौलिहवाबाट थप सुरक्षाकर्मी पठाइएको छ । सो क्षेत्र मुस्लिम बाहुल्य क्षेत्र पनि हो ।त्यस्तै कर्फ्यू लागेसंगै कृष्णनगर नाकामा नेपाल र भारत दुबै देशका सुरक्षाकर्मीले आवजजावजमा समेत कडाई गरेका छ।