एलपी ग्यासभन्दा बिजुली सस्तो कुलमान

७ कार्तिक २०७५, बुधबार १३:१२

प्रधानमन्त्री केपी शर्मा ओली ‘घर(घरमा ग्यासको पाइप लाइन’ पुर्‍याउने घोषणा गर्दा मजाकको पात्र बने ।

तीन वर्षपछि आफ्नो भनाइलाई सच्याउँदै प्रधानमन्त्री ओलीले भनेका छन्, ‘मैले ग्यासको पाइपभन्दा निकै चर्चाको विषय बन्यो । अब छिट्टै ग्यासको पाइप होइन, बिजुलीको तारबाट चल्ने चुल्होको युगतिर जाँदैछौं ।हुनत २ वर्षअघि नै तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्माले ग्यास विस्थापन गर्ने घोषणा गरेका थिए । प्रधानमन्त्री स्वयंले पनि यस्तो घोषणा गर्दै एलपी ग्यास विस्थापनको नीतिमा सरकार प्रतिवद्ध रहेको संकेत गरेका छन् ।

नेपाल विद्युत् प्राधिकरण पनि केही वर्षभित्रै सबै नेपालीको घरमा खाना बनाउने विद्युतीय इन्डक्सन चुल्होसहितका उपकरण आइपुग्नेमा विश्वस्त छ । अहिले सबै स्थानमा लोडसेडिङ अन्त्य भइसकेकाले विस्तारै इन्डक्सन चुल्होको प्रयोग बढ्दै गएको प्राधिकरणको भनाइ छ ।अहिले विजुलीका ग्राहकलाई ग्यास नै प्रयोग गरिराख्नुपर्ने बाध्यता नरहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ बताउँछन् ।थुप्रै निर्माणाधीन आयोजनाहरु सम्पन्न हुने चरणमा रहेकाले अब नेपालमा लोडसेडिङ फर्किने कुनै सम्भावाना छैन ।

इन्डक्सन चुल्होको प्रयोग बिहान र बेलुकी बढी   भए पनि माथिल्लो तामाकोसी जलविद्युत आयोजना जस्ता पिक आवर बिहान बेलुकी मा पूर्ण क्षतमामा चलाउन सकिने  आयोजना ग्यास विस्थापनमा सहयोगी बन्ने कार्यकारी निर्देशक घिसिङको भनाइ छ । आयोजना निर्माणको अन्तिम चरणमा छ । अबको एक वर्षभित्र ४५६ मेगावाटको तामाकोशी आयोजना चलिसक्ने अनुमान छ ।प्राधिकरणका अनुसार चालु आर्थिक वर्षमा मात्रै तामाकोशीसहित ७५५ मेगावाट बिजुली प्रसारण लाइनमा थपिने अनुमान छ । त्यसैले प्राधिकरण लेअब देशभित्रै विद्युत् उपयोग बढाउँदै लैजानुपर्ने बताइरहेको छ ।

‘तामाकोशी आयोजना सुख्खायाममा पनि पिक आवरमा ४५६ मेगावाटमै चलाउन सकिन्छ कार्यकारी निर्देशक घिसिङले भने,’त्यसैले यो आयोजना आएपछि देशभर नै ग्यास विस्थापन भयो भने पनि हामीलाई लोड व्यवस्थापनमा समस्या पर्दैन । ग्यास विस्थापनको योजना जरुरी छ । सबैतिर सरल बनेको ग्यासको प्रयोगलाई हटाउन एकैपटक सकिने अवस्था भने छैन । अहिले देखि नै उपभोक्तालाई विस्तारै इन्डक्सनको प्रयोग बढाउन प्रोत्साहन गर्नुपर्ने घिसिङ बताउँछन् ।