आज विजयादशमी

२ कार्तिक २०७५, शुक्रबार ०८:३०

 

मान्यजनको हातबाट टीका, जमरा र आशीर्वाद ग्रहण गरी शुक्रबार विजयादशमी मनाइँदैछ। दुर्गापूजा गरी जमरा राखिएका दशैँघरमा बिहान सबेरै अपराजिता, जया, विजयाको पूजासहित देवी विर्सजन गरी घरका मान्यजनबाट टीका लगाउन लागिएको हो।

आश्विन शुक्ल प्रतिपदामा घटस्थापना गरी नवरात्रभर शक्तिस्वरूपा भगवतीको आराधना गरी दशमीको बिहान विर्सजन गरिन्छ। देवीको आवाहन गरी नौ दिनसम्म देवीको पूजा गरेको कलशको जलले अभिषेक गर्ने र प्रसादस्वप टीका र जमरा मान्यजनका हातबाट लगाउने चलन छ। देवीभागवत पुराणअनुसार त्रेतायुगमा भगवान् रामले नवरात्रमा देवीको आराधना गरी रावणमाथि विजय प्राप्त गरेको बताइन्छ।

नेपाल पञ्चांग निर्णायक समितिले विजयादशमीको टीकाको साइत बिहान ९ बजेर ५१ मिनेटमा रहेको जानकारी दिएको छ। यसअघि बिहान ९ बजेर ३९ मिनेटमा देवी विसर्जनको साइत निकालिएको समितिका अध्यक्ष प्रा‍डा रामचन्द्र गौतमले जानकारी दिए। साइत खोज्नेका लागि समय दिइएको होु उनले भने विजयादशमीको दिन आफैँमा साइत भएकाले दिनभर टीका लगाउन सकिन्छु आश्विन शुक्ल पक्षका १० दिन नेपाल र नेपाली मूलका हिन्दुहरू रहेका स्थानमा दशैँ र भारतमा दशहरा वा दुर्गापूजा नामले परिचित छ।