अव मौद्रिक नीति प्रदेशलाई आधार मानेर बनाउनु पर्छ मुख्यमन्त्री पोखरेल

१५ आश्विन २०७५, सोमबार १०:०५

 

बुटवल । प्रदेश ५ सरकारका मुख्यमन्त्री शंकर पोखरेलले राजनीतिक संघीयता धेरै अगाडि बढेपनि वित्तीय र प्रशासनिक संघीयता अझै कार्यान्वयनमा आउन नसकेको गुनासो गरेका छन् ।

बुटवलमा आयोजित आर्थिक गतिविधि अध्ययन सार्वजनिक कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले संघीयताको अर्थपूर्ण र सार्थक कार्यान्वयनका लागि वित्तीय र प्रशासनिक संघीयता प्रदेश तहमा पनि आउनुपर्नेमा ती दुबै अझै आइनसकेको गुनासो गरेका हुन् ।

उनले वित्तीय आयोग संवैधानिक रुपमा केन्द्रमा समेत अझै स्थापना हुन नसक्दा त्यो प्रदेशमा आउन झनै ढिलाई हुने औंल्याए ।

संविधानले प्रशासनिक संगठन तीनै तहमा परिकलपना गरेपनि संघले अझै प्रदेश र स्थानीय तहका लागि कर्मचारी समायोजन नगरी व्यवस्थापन मात्रै गरेर प्रशासनिक संघीयता प्रदेश र स्थानीय तहसम्म आउन नदिएको तर्क गरे ।

हालसम्म केन्द्रलाई आधार मानेर मौद्रिक नीति बन्दै आएकोमा अब प्रदेशलाई आधार मानेर बनाउनुपर्नेमा उनले जोड दिए ।