एसिया कपबाट बाहिरिए ३ जना भारतीय खेलाडि

४ आश्विन २०७५, बिहीबार १८:०४

काठमाडौं । एसिसी एसिया कप क्रिकेट प्रतियोगिताबाट ३ जना भारतीय खेलाडीहरु खेलबाट बाहिरिएका छन् । उनीहरु खेल खेल्ने क्रममा चोट पटक लागेका कारण बाहिरिएका हुन् ।

खेलचरणबाट बालाडीहहिरिने खेरुमा अलराउन्डर हार्दिक पाण्ड्या र बलरहरु अक्षर पटेल, शार्दूल ठाकुर रहेका छन् । उनीहरुलाई चोट पटक लागेका कारण घाइते भएकाले एसिया कपका बाँकी खेलबाट बाहिरिनु परेको हो ।

पाण्ड्या बुधबार राति भएको पाकिस्तानविरुद्धको खेलमा चोटग्रस्त भएका थिए। उनलाई ढाडमा समस्या भएको छ। अब उनको स्थानमा दीपक चाहरले खेल्नेछन्।

यसअघि अक्षर पटेल पनि औलामा चोट लागेकाले टिमबाट बाहिरिएका थिए। पटेल रविन्द्र जडेजाको स्थानमा टिममा समावेश भएका थिए। जडेजाले विगत एक वर्षदेखि चोटका कारण खेल्न सकेका छैनन्।

शार्दूल ठाकुर पनि हङकङ विरुद्धको खेलमा घाइते भएका थिए। भारतले एसिया कपका सुरुवाती २ खेल्दै सुपर–४ मा स्थान बनाएको छ। अब भारतले कम्तिमा ३ खेल खेल्नेछ।