“बाह्र वण्ड अठार खण्ड”

२२ भाद्र २०७५, शुक्रबार १९:०६

लाल बहादुर विक, काठमाडौं ।  सुदुरपश्चिमको पर्यटकिय क्षेत्र रामारोशन अछाम जिल्लाको रामारोशन गाउँपालिका ५ मा पर्छ । स्वर्गको आभाष हुने रामारोशन प्रचार प्रसारको अभावमा ओझेलमा परेको छ । अछाम जिल्लाको कैलाशखोलको मुहान समेत रहेको रामारोशन धार्मिक पर्यटकिय क्षेत्र पनि हो । पहाडका विचमा ठुला ठुला १२ वटा ताल र १८ वटा जमिनका ठुला फाँटहरु भएको यो क्षेत्र विभिन्न किसिमका फुलहरुको समुन्द्रि ९ हजार फिटको उचाई रहेको यस क्षेत्रमा करिब सय भन्दा बढि किसिमका जडिबुटीहरु पाईन्छन् । साथै यस क्षेत्रमा विभिन्न किसिमका जनावरहरुपनि पाईने गर्छन् ।

रामारोशनलाई पहिले दुईवटा फरक फरक नामले चिनिन्थ्यो एउटा रामा र अर्को रोशन यी दुईनाम रामारोशन क्षेत्र भित्रका दुई फरक स्थानको नाम हुन । त्यतिबेला रामारोशनलाई गाउँपालिका साविकको रामारोशन गाविसलाई तडिगैरा गाउँपालिकाको नामले चिनिन्थ्यो । तत्कालीन एमाले उपाध्यक्ष भिव रावलको पहलमा रामारोशन गाविस नाम राखियो । अहिले भर्खरैको स्थानीय तहको नामाकरणको क्रममा उक्त क्षेत्रलाई रामारोशन गाउँपालिका नामाकरण गरियो ।

रामारोशन क्षेत्रलाई क्षेत्रका मैदानहरुलाई थुम्काथुम्की भनेर पनि भनिन्छ । यसको अर्थ मानिस हिँड्दा हल्लीरहेन थलथल भईरहने भएकाले थुम्काथुम्की भनिएको हो । ति मैदानहरु परापुर्वकालका ठुला मैदान थिए । पछि विस्तारै पानी सुकेपछि मैदानमा परिणत भएका हुन । बाह्रै महिना चिसो हावा, झरनाहरुको छङछङ, चराहरुको चिरविर हावाज संगै खस्य्राक खुस्रुक जंगलस्ी जनावरहरुको आवाजसंगै विहानीको मिठो सुरुवात हुदा मान्छेको मन चङ्गझै हुन्छ ।

अग्ला पहाडका चुचुरा खना जंगल र ति जंगलहरुको विचमा ठुलातालहरु मानौ कसैले यहाँ विचमा ल्याएर टपक्क राखिदिएको थियो । त्यस क्षेत्रका तालहरु मध्य सबैभन्दा ठुलो ताल हो । जिंगाले ताल । यसको लम्बाई ४ सय मिटर छ भने चौडाई ३ सय मिटर रहेको छ । यसको गहिराई भने नापिएको छैन् ।

बर्खामा बाक्लो बादलकासंगै भैसीहरुका घाणा अर्थात घण्टिहरुले रमाईलो हुने रामारोशन हिँउदको समयमा हिँउले ढपक्क ढाकिएको हुन्छ । यस्तै यस क्षेत्रमा नेपालको राष्ट्रिय चरा डाँफेको पनि अवलोकन गर्न सकिन्छ । यस्तै यहाँका जंगलहरुमा डाँफे, मुनाल संगै कालिजहरु प्रसस्त मात्रामा पाईन्छन् । संरक्षणको अभावमा आफ्नो सुन्दरता गुमाउदै गरेको रामारोशन पर्यटकहरुको पर्खाईमा रहेको छ । प्रचार प्रसारका कारण ओझेलमा परेको रमारोशनको विकाश गर्न सक्यो भने यसले सिंगो प्रदेशलाई नै विकाशको मार्ग लैजाने छ । आलुखेतिको लागी उत्तम मानिने यस क्षेत्रमा गाई भैसीको दुध पनि मिठो हुने गर्छ ।

रामारोशन क्षेत्रका भैसीको दहि मौरीको मह भन्दापनि बाक्लो हुने गर्छ । यस्तै यहाँ एक देखी डेढ फिट लामो मुलाहरु उत्पादन हुने गर्छ । साथै रामोशनको माथिल्लो भेगमा सिमी खेति गर्ने गरिन्छ ।

यस क्षेत्रका बासिन्दाको मुख्य पेशा नै कृषि हो । कृषि क्षेत्रमा यहाँको करिब ७० प्रतिशत जसंख्या निर्भर रहेको छ । आवत जावत तथा वास बस्नेको उचित व्यवस्था नभएका कारण यहाँ विदेशी पर्यटकको आगमन बढ्न सकेको छैन् । पछिल्लो समय सडक यातायातको व्यवस्था भएपछि यहाँ होटल तथा रेष्टुरेन्टहरु पनि निर्माण गरिने गरिएको छ ।