सुर्खेतमा १७ शैयाको फिस्टुला केन्द्र

५ आश्विन २०७५, शुक्रबार १७:२६

सुर्खेत । कणाृली प्रदेशको राजधानी समेत रहेको सुर्खेतमा १७ शैयाको फिस्टुला केन्द्र स्थापना गरिएको छ । जिल्लाको विरेन्द्रमा वीरेन्द्रनगरमा उक्त केन्द्र स्थापना गरिएको हो । फिस्टुला केन्द्रको शुक्रबार कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले उद्घाटन गरेका छन् ।

इन्टरनेशनल नेपाल फेलोशिप (आईएनएफ) अन्तर्गतको फिस्टुला फाउण्डेसन तथा मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल सुर्खेतको सहयोगमा सुर्खेतमा १७ शैयाको फिस्टुला केन्द्र स्थापना गरिएको हो ।

उद्धाटनको क्रममा फिस्टुला केन्द्रका निर्देशक तथा स्त्री रोग विशेषज्ञ डा. सेर्ली हेउडका अनुसार सुर्खेतमा सन २००९ देखि शिविरका रूपमा फिस्टुलाको उपचार हुँदै आएको थियो। अब उक्त फिस्टुला केन्द्रबाट जुनसुकै बेला पनि वर्षभरी सेवा दिन सकिने उनले बताइन्।

केन्द्रको भवन निर्माणको लागी मात्र करिब ६ करोडको बराबर लागत लागेको छ । भवनभित्र आवश्यक १ करोड रुपैयाँ बराबरको सामग्री रादिएको छ । फिस्टुला केन्द्रको भवन निर्माणका लागि मध्यपश्चिमाञ्चल क्षेत्री अस्पतालले आफ्नो हाताभित्रको जग्गा प्रदान गरेको छ।