संसदिय सुनुवाई समितीबाट अख्तियार प्रमुखमा घिमिरेको नाम अनुमोदन

४ आश्विन २०७५, बिहीबार १६:५४

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नवीन घिमिरेको नाम सर्व सम्मत अनुमोदन गरिएको छ । उनलाई संसदीय सुनुवाइ विशेष समितिले अनुमोदन गरेको हो ।

बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकले घिमिरेलाई सर्वसम्मतरुपमा अनुमोदन गरेको छ । अब राष्ट्रपति विद्यादेवी भण्डारीले घिमिरेलाई अख्तियार प्रमुखमा नियक्त गर्नेछिन् ।

संवैधानिक परिषदले गत भदौ २० गते घिमिरेलाई अख्तियार प्रमुखका लागि सिफारिस गरेको थियो ।

वि.सं. २०७१ सालमा अख्तियारको आयुक्त नियुक्त भएका घिमिरेले २०७४ साल माघ २९ गतेदेखि अख्तियारको कार्यवाहक प्रमुख आयुक्तको जिम्मेवारी सम्हाल्दै आएका छन् ।