नयाँ कानुनले पत्रकारलाई कुण्ठित पारेको भन्दै बानेश्वरमा प्रदर्शन

२२ भाद्र २०७५, शुक्रबार १७:१२

लाल बहादुर वि.क, काठमाडौं । पत्रकारहरुले सरकार मुलुकी संहिता ऐन बनाउदा केही प्रावधानले प्रेस स्वतन्त्रता कुण्ठित गर्ने गरेको भन्दै पत्रकारहरुले त्यसलाई हटाउन शुक्रबार काठमाडौंमा प्रदर्शन गरेका छन् । प्रदर्शनमा विभिन्न संगठन तथा छापा र संचार माध्यमहरुमा आवद्ध पत्रकारहरुको सहभागिता रहेको थियो ।

बानेश्वरमा गरिएको प्रदर्शन कार्यक्रममा बोल्दै पत्रकारहरुले प्रेसलाई कुण्ठित पार्नेगरि ल्याईएको कानुनले सञ्चार माध्यमहरुलाई आफ्ना कामहरु गर्न कठिन भएको जनाएका छन् । पत्रकारहरुले सरकारले कानुनमा ल्याएका यस्ता कुराहरुलाइृ तत्काल नसच्याएका पत्रकारहरुले अझ कडा र शसक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

नेपाल पत्रकार महासंघले आयोजना गरेको कार्यक्रममा राष्ट्रिय तथा स्थानीय सञ्चारमाध्यमहरुको सहभागिता रहेको थियो । पत्रकारहरुले गरेका शान्ती पुर्ण प्रदर्शनका क्रममा पत्रकारहरुले आफ्नो श्रोत साधनहरुलाई भुईमा राखेर विरोध जनाएका थिए ।

मुलुकी संहितामा हाल रहेको व्यवस्था हुवहु कार्यान्वयन नभई पुरानै शैलीमा फर्काईनु पर्नेमा अधिकांस पत्रकारहरुको ध्यान आकर्षण भएको थियो । यहि भदौ एक गतेदेखी लागु भएको कानुन हुबहु लागु भएमा सार्वजनिक स्थलमा तस्वीर खिच्नदेखि सार्वजनिक पद धारण गरेका व्यक्तिहरुले गरेका गलत क्रियाकलापबारे पनि प्रश्न उठाउन नसकिने अवस्था आउने पत्रकार महांघले बताएको छ ।

पत्रकार महासंघका पदाधिकारी र पत्रकारहरु कालो ब्यानरसहित नयाँ बानेश्वरको सडकमा बसेका थिए । प्रदर्शनमा पत्रकारहरुले सरकारले तत्काल उक्त कानुन फिर्ता लिन माग गरेका छन् । अहिलेको कानुनले खास गरेर कार्टुन र फोटो पत्रकारलाई अझ समस्यामा पारेको भन्दै पत्रकारहरुले आपत्ति जनाएका छन् ।