‘पर्ख र हेर’को अवस्थामा प्रधानन्यायाधीश मिश्र

२७ भाद्र २०७५, बुधबार ०८:०८

काठमाडौं । सर्वोच्च अदालतले वरिष्ठतम न्यायाधीश दीपकराज जोशीलाई ईजलास नताकिएका कारण उनी ‘पर्ख र हेर’को अवस्थामा रहेका छन् । यो् समाचारलाई आजको कान्तिपुर दैनिक र अन्नपुर्ण पोष्ट दैनिकले लेखेका छन् । समाचार अनुसार जोशीलाई तत्काल इजलास नतोक्ने भएको छ। स्रोतका अनुसार इजलास नतोकिएका कारण जोशी मंगलबार हाजिर भएर फर्किएका थिए।

अन्नपूर्ण पोस्ट दैनिक लेख्छ, संसदीय समितिबाट अनुमोदन नभएपछि तत्कालीन कामु प्रधानन्यायाधीश जोशीले राजीनामा गर्ने अनुमान गरिएको थियो तर उनी लामो घरविदा बसेर सोमबार सर्वोच्च अदालत फर्केका हुन्। प्रधानन्यायाधीश मिश्र भने जोशीको विषयमा ‘पर्ख र हेर’को अवस्थामा छन्।

कान्तिपुर दैनिक लेख्छ, प्रधानन्यायाधी नियुक्त ओमप्रकाश मिश्रको स्वागतका लागि सोमबार जोशी सर्वोच्च अदालत पुगेका थिए। उनले नै स्वागत गरेर मिश्रलाई कार्यकक्षमा पु¥याउँदै ‘न्यायाधीशबीच कनिष्ठ, वरिष्ठ नहुने’ भन्दै आफुले मिश्रलाई स्वीकार गरेको प्रतिक्रिया दिए। तर यो परिस्थितिका कारण केही न्यायाधी श रुष्ट भएका थिए। संसदीय सुनुवाइ समितिबाट अस्वीकृत वरिष्ठ न्यायाधीश जोशीलाई उपयुक्त बाटो रोज्न समकक्षीले सुझाव दिएको समाचार नागरिक दैनिकले छापेको छ।

मंगलबार काममा फर्केका जोशीलाई सबैजसो न्यायाधीशले राजीनामा दिन घुमाउरो पारामा सुझाव दिएका हुन्।