पप्पु कन्ट्रक्सनले अलपत्र पार्यो त्रिशुली नदि पुल

२२ भाद्र २०७५, शुक्रबार १०:२४

पप्पु कन्ट्रक्सनले निर्माण गरेको केहि समयमै भाँसिएको बर्दियाको ग्रामीण क्षेत्र जोड्ने जब्दिघाट पुल …

लाल बहादुर वि.क,काठमाडौं ।  गोरखा बुट्टार र पृथ्वीराजमार्गको चितवन चुम्लिङ्गटार जोड्ने माटरेवल समय सकिएको महिनौ वित्यो । फेरी थप समय सकिन केहि समय मात्र बाँकी छ । तर, ठेकादार कम्पनीले पुलको दुई पिल्लर मात्र हालेर सर्वसाधारणको आँखामा छारो हाल्ने काम गरेका छ ।

२०७१ साल असारमा सम्भौता भएर २०७४ साल पुष मसान्त सम्म सक्नुपर्ने थियो । अहिले म्याद सकिएको पनि ९ महिना वितिसक्यो । कम्पनीले केहि पनि चाँसो लिएको थिएन् । केहि दिन पहिले मात्र उक्त पुलको दुई पिल्लर मात्र बनाएर काम अघि बढाउने भन्दै मौखिक सल्लाह पाएको छेवेटार बारपाक सडक आयोजना कार्यालयका प्रमुख अमृतमणी रिमालले बताए ।

उनी भन्छन्, पिल्लरहरु निर्माण पश्चात ठेकेदार नै सम्पर्क विहिन जस्तो बनेका छन् । केहि समय पहिले सांसद हरिनारायण रौनियर जिल्लामा आएको बेला यस्तो बताएको बताए । हरिनारायण पुलका ठेकेदार सुनिल रौनियरका बुवा हुन । उनी पर्सा क्षेत्र नम्बर ३ बाट मधेसी गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए ।

असारमा ठेक्का लगेको कन्ट्रक्सनले हाल सम्म यो असामा ५ वर्ष लाग्दा पनि दुई पिल्लर मात्र बनाएर छोडेको छ ।

यो भन्दा पहिले थुप्रै चोटी उक्त पुल निर्माणको लागी ईस्युहरु निकाली सकेको छ । यहाँ गहिरो पिल्लर गाड्नु पर्ने भएकाले थुप्रै चोटी ईञ्जिनियरहरु पठाई सकेको रिमाल जनाउछन् ।

गोरखा बुट्टार र पृथ्वीराजमार्गको चितवन चुम्लिङ्गटार जोड्ने उक्त पुल निर्माणका लागी चार वटा पिल्लरको आवश्यकता पर्छ । तर, विचका दुईवटा पिल्लर निर्माण गर्नेबारे कम्पनीले कुनै पनि किसिमको पहल नचालेको अमृत रिमालले बताए । रिमालका अनुसार उक्त पुल छिटो निर्माण गर्नका लागी विभिन्न समयमा उनलाई सजक गराएको भएपनि कम्पनीले कानमा तेल हालेर बसेको उनको भनाई छ ।

०७१ मा पप्पु कन्स्ट्रशनले १७ करोडमा ठेक्का पाएको थियो । तर, असारमा ठेक्का लगेको कन्ट्रक्सनले हाल सम्म यो असामा ५ वर्ष लाग्दा पनि दुई पिल्लर मात्र बनाएर छोडेको छ ।

यो भन्दा पहिले थुप्रै चोटी उक्त पुल निर्माणको लागी ईस्युहरु निकाली सकेको छ । यहाँ गहिरो पिल्लर गाड्नु पर्ने भएकाले थुप्रै चोटी ईञ्जिनियरहरु पठाई सकेको रिमाल जनाउछन् ।

२०७४ पुस मसान्त सम्म सकाउनु पर्ने उक्त पुलको विचमा पिल्लर गाड्न नसकिने भन्दै पुलको डिजाइन परिवर्तन गर्नुपर्ने भन्दै पप्पु कन्स्ट्रशनले मौखिक जानकारी गराएको भएपनि लिखित कुनैपनि जानकारी नआएका कारण कुनैपनि छलफल हुन नसकेको छैन् ।

सामान्य तथा अलि कम गहिरो नदिमा पनि करिब १२ देखी १५ मिटरको गहिराईमा पिल्लर गाड्नु पर्ने हुन्छ । त्रिशुली नदि अन्य नदिको तुलनामा अलि गहिरो भएकाले त्रिशुली नदिको यो पुल निर्माणको लागी १५ फिटको गहिराईमा पिल्ल्र गाड्नु पर्ने बाध्यता हुन्छ ।

पहिले काम नै छोडेजस्तो गरेर कम्पनीले काम ठप्प पार्यो । पछि थप गरिउको समय वित्न पनि केहि समयमा मात्र छ । केहि दिन पहिले मात्र थप पाएको ५ सय ८३ दिन पनि फेरी वित्न लागेको छ । यो समय अबको केहि महिनामै खत्तम हुन्छ ।

कम्पनीले पछि ल्याएको नयाँ डिजाईन पनि त्यति सहज छैन् ।हेर्दा मात्र सजिलो हो । तर, चार पिल्लर बनाउनु भन्दा कठिन यो डिजाईन छ । रिमालले बताए अनुसार ४० फिटको पुल निर्माण गर्नुपर्ने ठाउँमा यसको लम्बाई पनि बढ्न सक्नेछ । यो भन्दा पहिले पनि १२० फिट लम्बाई भएको दुई पिल्ल्रको पुल बनाई सकेकालेयो पुल निर्माण गर्न त्यति असहज भने हुन्न ।

तस्विरः त्रिशुली नदिमा  ¥याफ्टीङ गर्दै पर्यटक (फाईल फोटो)

यो डिजाईन पहिले नै ल्याएको भए हाल सम्म पुल लगभग निर्माण सकिने अवस्थामा पुगी सकेको हुने थियो । पहिले काम नै छोडेजस्तो गरेर कम्पनीले काम ठप्प पार्यो । पछि थप गरिएको समय वित्न पनि केहि समयमा मात्र छ । केहि दिन पहिले मात्र थप पाएको ५ सय ८३ दिन पनि फेरी वित्न लागेको छ । यो समय अबको केहि महिनामै खत्तम हुन्छ ।

यस्तै अहिले नेपाल भरि जम्मा ८ हजार ८८१ पुलहरु निर्माण भइृरहेका छन् । जसमध्य २०५ पुल प्रदेश ४ मा निर्माण भइृरहेका छन् । यति निर्माणधिन पुलहरुमा ६२० पुलहरु राजमार्गमा र १५० पुलहरु स्थानीय सडकहरुमा निर्माणधिन अवस्थमा रहेका छन् ।

 

अन्य पुलहरुमा काम नहुने ५ प्रतिशत पुलहरुमात्र छन् । केहि स्थानमा समय सकिन डेढ वर्ष बाँकि रहँदा पुलको निर्माण कार्यहरु सम्पन्न भएको उनले बताए । उनले बने चाँडो काम गर्दा हामीलाई पनि सजिलो हुन्छ ।

केही समयमा नै पश्चिमपट्टीको पिलर भासियो । पुल निर्माणका क्रममा गुणस्तरहीन सामग्री प्रयोग गरेको ठहर सडक विभागको अनुगमनले देखायो । महेन्द्र राजमार्ग र बर्दियाको ग्रामीण क्षेत्र जोड्ने जब्दिघाट पुल निर्माण सम्पन्न हुन नपाउँदै भाँच्चियो ।

महोत्तरी र धनुषा जोड्ने रातो नदिको पुल चाँडै सकियो हामीलाई सहज भयो । तर, यो पप्पु कन्ट्रक्सनले आफुहरुलाई एकदमै धोका दिएको उनको भनाई छ ।
पप्पु कन्ट्रक्सनले जिम्मा लिएका दुई पुलहरु यो भन्दा पहिले नै भाँसि सकेका छन् । कन्ट्रक्सनले रौतहटको लालबकैया नदीमा निर्माण गरेको पुल एक वर्ष नपुग्दै भासियो । पुलको पूर्वपट्टिको पिल्लर भासिएपछि पप्पु कन्स्ट्रक्सन आफैँले मर्मत गरेर सञ्चालनमा ल्यायो ।

तर त्यसको केही समयमा नै पश्चिमपट्टीको पिलर भासियो । पुल निर्माणका क्रममा गुणस्तरहीन सामग्री प्रयोग गरेको ठहर सडक विभागको अनुगमनले देखायो । महेन्द्र राजमार्ग र बर्दियाको ग्रामीण क्षेत्र जोड्ने जब्दिघाट पुल निर्माण सम्पन्न हुन नपाउँदै भाँच्चियो ।

 

गत भदौमा बबई नदीमा आएको बाढीका कारण पुलको पिलर भासिएपछि पुल भाँचिएको थियो । पुल निर्माण गर्दा पानीमा बनाइने फाउन्डेसन कमजोर भएकाले पनि पुल निर्माण कमजोर भएको सडक विभागको प्रारम्भिक अध्ययनले देखायो ।

यसको भुक्तानी रोकिएपछि पप्पु कन्सट्रक्सनले सडक विभाग विरुद्ध सर्वोच्च अदालतमा मुद्दा नै दायर गरेको छ । परामर्शदाताको सुझाव अनुसार पुल नबनाएको र कमजोर कंक्रिट तथा पिल्लर प्रयोग गरेका कारण नतिजा कमजोर देखिएको छ । भदौमा भाँच्चिएपछि पुल अलपत्र अवस्थामा छ ।

प्रतिनिधि सभा सभासद हरिनारायण प्रसयाद रौनियारको पप्पु कन्सट्रक्सनले निर्माण गरेका धेरै आयोजना यस्तै समस्यामा फसेका छन्।

कम्पनीले अहिले एकल तथा अन्य कम्पनीसँग मिलेर ४० वटाभन्दा धेरै पुलको ठेक्का लिएको छ । पप्पु कन्सट्रक्सनले एक्लै निर्माण गर्न लागेको पुलको लम्बाई ५ हजार ७ सय ८० मिटर छ । तर अधिकांश पुलको निर्माण सम्पन्न हुने मिति नजिकिँदै जाँदा पनि काम भने सुरु समेत भएको छैन ।

पप्पु कन्स्ट्रक्सनले काठमाडौंको तीनकुनेमा बागमती नदीमाथि आर्क ब्रिज निर्माणको ठेक्का पनि पाएको छ । यो वर्ष पुरा हुने भनिएको आयोजनाको फाउन्डेसन निर्माणको काम भइरहेको छ । ठेकेदारले समयमै काम नगरेका कारण आयोजनामा ढिलाई भइरहेको विभागले जनाएको छ । यस्तै टेकुमा बन्न लागेको मोटरेबल पुल तीन वर्ष अघि नै निर्माण सक्नुपर्ने भए पनि कम्पनीले बल्ल निर्माण थालेको छ ।

कम्पनीले अहिले एकल तथा अन्य कम्पनीसँग मिलेर ४० वटाभन्दा धेरै पुलको ठेक्का लिएको छ । पप्पु कन्सट्रक्सनले एक्लै निर्माण गर्न लागेको पुलको लम्बाई ५ हजार ७ सय ८० मिटर छ । तर अधिकांश पुलको निर्माण सम्पन्न हुने मिति नजिकिँदै जाँदा पनि काम भने सुरु समेत भएको छैन ।

एसियाली विकास बैंकको सफ्ट लोनमा बन्न लागेको पुलको काम समयमा नभएपछि दाताले ऋण रोक्ने चेतावनी दिएपछि बल्ला काम अघि बढेको छ ।

कम्पनीले देशका विभिन्न सडक खण्डमा रहेका पुल तथा कान्ति लोकपथ,मध्यपहाडी लोकमार्गः धरान–चतरा–हेटौँडा सडकका केहि पुलहरुको पनि ठेक्का लिएको छ । देशैभरिका पुलहरुको निर्माण कार्य सन्तोषजनक नरहेको विभागको भनाई छ । ठेक्का मात्रै लिने र गुणस्तरीय काम गर्न नसक्ने ठेकेदार कम्पनीलाई सडक विभागले कारबाहि गर्न सकेको छैन।

सडक विभागले कमसल काम गरेको भन्दै कालोसूचीमा राख्न पप्पु कन्सट्रक्सनलाई स्पष्टीकरण पनि सोधेको थियो। तर विभागबाट पत्र प्राप्त भएपछि पप्पुले सर्वोच्च अदालतमा विभागविरुद्ध मुद्दा दायर गर्यो । सर्वोच्च अदालतले पप्पु कन्सट्रक्सनलाई तत्काल कालोसूची नराख्न अन्तरिम आदेश दिएपछि सडक विभागको प्रयास पनि बिचमै असफल हुन पुगेको थियो।