रात्रीबस दुर्घटना, ३२ यात्रु घाईते

५ आश्विन २०७५, शुक्रबार ०९:३८

काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीमा रात्रीबस दुर्घटनाहुँदा ३२ यात्रु घाईते भएका छन् । जिल्लाको मध्यविन्दु नगरपालिका–११ स्थीत कुसुण्डे भन्ने ठाउँमा गएराति रात्रिबस दुर्घटना भएको हो ।

काठमाडौंबाट दाङका लागि छुटेको ना ६ ख ९२८ नं को यात्रुवाहक बस विपरीत दिशाबाट आउँदै गरेको आरजे १४ जिसी ३८४९ नं को भारतीय ट्रकसँग ठोक्किदा दुर्घटना भएको थियो । ५० जना यात्रु रहेको बस सडकबाट करिब ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय नवलपारसीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार ३२ जना घाइतेमध्ये १३ जनाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ भने अन्य १९ को स्थानीय मेडिकलहरुमा उपचार भईरहेको छ । घाईतेहरुको अवस्थाबारे प्रहरीले अहिले कुनै जानकारी नपाएको जनाएको छ । दुर्घटनास्थलमा अहिले राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा रहेको प्रहरीले जनाएको छ ।