न्युयोर्क जादै प्रधानमन्त्री ओली

५ आश्विन २०७५, शुक्रबार ०८:४१

काठमाडौं । प्रधानमन्त्री केपी ओली न्युयोर्क जाने भएका छन् । न्युयोर्कमा हुन लागेको संयुक्त राष्टसंघ (युएन)को ७३ औ महासभामा भाग लिनका नेपाली प्रतिनिधिमण्डको नेतृतव गर्दै प्रधानमन्त्री भोली (शनिबार) न्युयोर्क जान लागेका हुन् ।

असोज ९ गते मङ्गलबारबाट आरम्भ हुने महासभामा प्रधानमन्त्री ओलीले असोज ११ गते बिहीबार सम्बोधन गर्नुहुनेछ । सोही दिन युएनका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गगर्ने कार्यक्रम रहेको छ ।

महासभामा भाग लिनु अघि प्रधानमन्त्री ओलीले सोमबार ‘असोज ८ गते ‘नेल्सन मन्डेला शान्ति शिखर बैठकलाई सम्वोधन गर्नेछन् । यो बैठक दक्षिण अफ्रिकी नेता नेल्सन मन्डेलाको सम्मानमा उनको शताब्दीऔँ जन्मदिवसका अवसरमा आयोजना हुनेछ । प्रधानमन्त्री ओली तथा उनकी धर्मपत्नी राधिका शाक्य सोही साँझ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा श्रीमती ट्रम्पले आयोजना रेको स्वागत कार्यक्रममा सहभागी हुनेछन् ।

असोज ९ गते मङ्गलबार संयुक्त राष्ट्र सङ्घका महासचिव गुटेरेसले आयोजना गगर्ने र दिवाभोजमा पनि सहभागी हुने कार्यक्रम छ । प्रधामन्त्री ओलीले सोही दिन महासचिव गुटेरेसले आयोजना गरेको
‘शान्तिका लागि कार्य गर्न उच्चस्तरीय बैठक’ लाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उनले सोही दिन एसिया सोसाइटीमा ‘‘शान्ति, प्रजातन्त्र तथा विकास’’का विषयमा सार्वजनिक व्याख्यान दिनुहुनेछ । अस्ट्रेलियाका पूर्व प्रधानमन्त्री केभिन रुडले उक्त कार्यक्रमलाई निर्देशन गर्नेछन् ।

प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्र सङ्घको महासभाका साथसाथै बुधबार ‘असोज १० गते ‘स्विट्रल्यान्डका राष्ट्रपति एलेन बर्सेटसँग दुईपक्षीय भेटवार्ता गर्नुहुने कार्यक्रम छ । उनले शुक्रबार ‘असोज १२ गते’क्याम्बोडियाका प्रधानमन्त्री सामदेक अर्थात् मोहा सेना पदेई तेको हुन सेनसँग दुई पक्षीय भेटवार्ता गर्नेछन् ।

प्रधानमन्त्री ओली असोज १३ गते दुईपक्षीय औपचारिक भ्रमणका क्रममा न्युयोर्कबाट कोस्टारिकाको सानहोजेतर्फ प्रस्थान गर्नुहुनेछ । प्रधामन्त्री ओलीले सानहोजेमा कोस्टारिकाका राष्ट्रपति कार्लोस अल्भाराडो क्वेसाडासँग दुईपक्षीय भेटवार्ता गर्नेछन् । उनले सानहोजेमै शान्ति विश्वविद्यालय ‘युनिभर्सिटी फर पिस’ लाई सम्बोधन गर्नेछन् । प्रधानमन्त्री असोज १७ गते बुधबार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।