नेकपाको प्रदेश जिम्मेवारी बाँडफाँडमा असन्तुष्टि, कर्णालीबाट सचिव तोकीएका नेताले गरे पद अस्विकार

५ आश्विन २०७५, शुक्रबार १६:२९

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आज मात्र प्रदेशको जिम्मेवारी बाँडफाँड गरेको छ । यसको केहि घण्टामै कर्णाली प्रदेशका सचिवले आफ्नो पद अस्विकबार गरेका छन् ।
कणाली प्रदेशबाट सचिवको जिम्मेवारी पाएका मायाप्रसाद अधिकारीले आफ्नो पद पार्टिले आफ्नो संघर्षको अपहेलाना गर्दै दिएको बताएका छन् । उनले आफ्नो संघर्ष र योगदानलाई पार्टिले आदर नगरेको बताएका छन् । उनले आफुलाई जिम्मेवारी दिँँदा अपमानित गर्ने गरि जिम्मेवारी दिएको भन्दै आक्रास पोखेका छन् ।

उनले भने ‘अहिलेको नियुक्ति अपमानित ढंगले गरिएको छ,’ भन्दै उनले थपे ‘त्याग, तपस्या र योगदानका कुनै भूमिका भएन। त्यसैले मैले उक्त जिम्मेवारी अस्वीकार गरेको हुँ।’ उनले अहिले दिइएको जिम्मेवारी एकीकरणमा मर्मअनुासर नभएको दावी गरे। ‘अहिलेको जिम्मेवारीको बाँडफाँट एकताका मर्मअनुसार पनि भएको छैन,’ अधिकारीले भने।

उनले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वकीय सचिवलाई यस विषयमा जानकारी गराइसकेको जनाएका छन् । उनले भने ‘पूर्व एमालेका नेताहरुसँग खासै चिनजान पनि छैन ।’

शुक्रबार भएको सचिवालय बैठकले कर्णाली प्रदेशको इन्चार्जमा पूर्व माओवादी नेता जनार्दन शर्मा ‘प्रभाकर’ र सह–इन्चार्जमा पूर्व एमालेका यमलाल कँडेल तोकेको छ । यस्ते प्रदेश अध्यक्षमा पूर्व एमालेका गोरखबहादुर बोगटी तोकेको छ भने सचिवबमा अधिकारीलाई नियुक्त गरेको छ ।