बाटो छेकेर लखेटी लखेटी विभत्स हत्या, ५ जना पक्राउ

४ आश्विन २०७५, बिहीबार १०:१५

काठमाडौं । नवलपरासीमा गएराति धारिलो हतियार प्रहार गरि एक युवकको हत्या गरिएको छ । जिल्लाको विनयी त्रिवेणी गाउँपालिका १ का २५ वर्षीय रुपेश महतोको गएराति हत्या भएको हो ।

मादकपदार्थ सेवन गरेका पाँच जनाले उनलाई लखेट्दै धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वले जनाएको छ । मध्यविन्दु सामुदायिक अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।

घटनामा संलग्न भएको भन्दै प्रहरीले स्थानीय पाँच जना युवालाई गएराति नै पक्राउ गरेको छ । पक्राउ पर्नेमा मुख्य अभियुक्त भनिएका सुरज काउचासहित सागर थापा, मनोज कट्टेल, सन्तोष थापा र दिपेन रोका छन् । उनीहरुमाथि अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ ।

पहिले सामान्य विवाद भएको थियो । तर, दुबै पक्षको कुराकानीमा सबै मिलाई सकेपछि उनलाई राति ति पाँच जनाले बाटो रोकेर हत्या गरेका थिए ।