कर्मचारीको विदेश भ्रमणमै मात्र एक वर्षमा २४ करोड खर्च

४ आश्विन २०७५, बिहीबार ०७:०६

काठमाडौं । कर्माचारीको विदेश भ्रमणमा मात्र एक वर्षमा २४ करोड खर्च भएको छ । यो खर्च गत आर्थिक वर्षको हो ।

गत आर्थिक वर्षमा कर्मचारीको विदेश भ्रमणमा सरकारी ढुकुटीबाट २४ करोड रुपैयाँ खर्च भएको छ। चार हजार ८४६ कर्मचारीको विदेश भ्रमणमा २३ करोड ९७ लाख २५ हजार २२२ रुपैयाँ खर्च भएको समाचार आजको नयाँ पत्रिकामा छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयद्वारा गठित वैदेशिक भ्रमण अध्ययन कार्यदलले डेढ महिनाको अध्ययनपछि एक वर्षमा उक्त रकम राज्यकोषबाट खर्च भएको प्रतिववेदन तयार परेको समाचारमा भनिएको छ ।यस्तै कार्यदलले आर्थिक वर्ष २०७४/७५ मा कर्मचारीका तर्फबाट भएका वैदेशिक भ्रमणसम्बन्धी अध्ययन गरेको थियो।