कालिमाटीबाट ५२ स्टल खारेज, २५ लाई सफाइ

२ आश्विन २०७५, मंगलवार १५:५६

काठमाडौं । सरकारले कालिमाटी तरकारी बजारका ५२ स्टल खारेज गरेको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको बैठकले ती स्टलहरु खारेज गर्ने निर्णय गर्को कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदीले जानकारी दिए ।

बैठकले २५ वटा स्टललाई सफाइ दिने र सामान्य त्रुटी देखिएको १५ वटा स्टललाई खारेज नगरी थप कागजात माग गर्ने निर्णय गरेको छ । मन्त्रालयले गरेको अनुगमनका क्रममा तरकारी बजारको ९८ वटा स्टल रातो सूचीमा परेका थिए । तीमध्ये यसअघि नै ६ वटा खारेजीमा परेका थिए ।

रातो सूचीमा परेपछि स्पष्टीकरण सोधिएको सबै ९८ स्टल सञ्चालकमध्ये चित्तबुझ्दो जवाफ नदिएका स्टल खारेज गरिएको कृषि मन्त्रालयले जनाएको छ । न्युनतम १०(१२ हजारदेखि २० हजारसम्म स्टल भाडा तोकिएकोमा यी मध्येका धेरैले ४ देखि ५ लाख रुपैयाँसम्म लिएरै अर्कैलाई पसल चलाउन दिएको पाइएको थियो ।