जनता उकुस मुकुसमा छन

३ आश्विन २०७५, बुधबार १५:०९

लेखकःराम पौडेल

काठमाडौं । देशको राजनीतिक अवस्था अहिले त्यति राम्रो तरिकाले चल्न सकेको छैन । आज संविधान दिवस , संविधान जारी भएको दिन हो । आजको दिनलाई आम नेपाली जनताले खुशिको दिन भनेर सम्झनु पर्छ । तर दुख लाग्दो कुरा के छ भने मधेस केन्द्रित दलहरुले यो संविधानलाई कालो दिनका रुपमा लिएका छन ।

संविधानको अन्तर बस्तुमा नै असन्तुष्टि जाहेर गरेर बसेका मधेस केन्द्रित दलहरुका उचित मागहरुलाई सरकारले छिटो सम्वोधन गर्नुपर्छ । मुलुकमा देखिएका समस्यालाई लामो समय सम्म त्यत्तिकै राखीरहनु उचित हुदैन । आज सरकारले बिभिन्न कार्यक्रम गरेर संविधान दिवस त मनायो तर समाजमा रहेका अधिकाशं समूहहरुको भावना यो संविधानले समेटन सकेको छ की छैन त्यो नै महत्वपूर्ण कु्रा हो ।

देशमा धेरै राजनीतिक परिवर्तन भए , सरकार पनि धेरै परिवर्तन भए । मुलुक लामो समय सम्म अस्थिरता तिर गुज्रियो । देश र जनताले कुनै निकास र बिकास पाउन सकेनन् । अहिले मुलुकमा कम्युनिष्टको बहुमतको सरकार छ । यो सरकार बन्दा सुरुवाती दिनमा जनता यो सरकार प्रति धेरै आशावादी बनेका थिए । अहिले सरकार बनेको छ महिना भन्दा बढि भयो । तर सरकारले जनताले आशा गरे अनुसार काम गर्न नसके पछि जनता धेरै निराश बनेका छन । महंगीले आकाश छोएको छ । जनताको जनजीवन झन झन कष्टकर हुदै गएको छ । जनता उकुश मुकुशको अवस्थामा बाँच्न बाध्य भएका छन । यो नै चिन्ताको बिषय बनेको छ ।

कुरा मात्रै गर्ने हो की काम पनि गर्ने हो ? सरकारले काम भन्दा कुरा ठूला गदै हिडेको छ । यो राम्रो कुरा होइन । जनतालाई काम गरेर देखाउनु पर्छ । जनता बिकास समृद्धि र कामको प्रतिक्षामा बसेका छन । देश र जनताको पक्षमा सरकारले अहिले सम्म सिन्को समेत भाँच्न सकेको छैन । नेता धनि बन्दै जाने देश र जनता हरिकंगाल बन्र्ने अवस्था देखिएको छ । यो भन्दा निराशा जनतामा के हुन्छ ? जनता अहिले पुरै निराशामा छन । जनता निराश हुनु भनेको ब्यवस्था परिवर्तनको खतरा पनि हो । यो बारेमा सबै सचेत हुन जरुरी देखिएको छ ।