अछाममा केमिकल खुवाउदा ३ महिने बालकको मृत्यु

४ आश्विन २०७५, बिहीबार ०९:०३

लाल बहादुर विक, अछाम, । अछाममा केमिकल खुवाउदा एक बालकको मृत्यु भएको छ । जिल्लाको तुर्माखाद गाउँपालिका–४ चिसिका ३ महिने बालक मुस्कान बयकको घरमा सुताइ राखेको अवस्थामा मंगलबार केमिकल खुवाउदा मृत्यु भएको तर्माखाँद गाउँपालिका अध्यक्ष पुष्पराज शर्माले जनाएका छन् ।

बच्चलाई घरमा खोटो लिकाल्न प्रयोग गरिने ‘कोरिसिफ’ क्यामिक्ल खुवाईएको जनाईएको छ । केमिकल खुवाउदा विरामी परेका बालकको उपचारको लागी म.गलसेन ल्याईएको थियो । मंगलसेनमा उपचार गर्न नसक्ने भएपछि उक्त बालकलाई उपचारको लागी नेपालगञ्ज रिफर गरियो । नेपालगंज लैजाँदै गर्दा बालकको विच बाटोमै मृत्यु भएको थियो ।

घटनाको बारेमा जानकारी पाए लगत्तै उनको घरमा पुगेको प्रहरी टोलिले एक महिलालाई संकाको आधारमा पक्राउ गरेको अध्यक्ष शर्माले बताए ।