एएफसी च्याम्पियनसिपमा पहिलो हाफमै नेपालले १० गोल खायो

५ आश्विन २०७५, शुक्रबार १७:००

काठमाडौं । एएफसी यू १६ वुमन च्याम्पियनसिप छनोट अन्तर्गत समूह ‘ई’को दोस्रो खेलमा नेपालले अहिले म्यानमारको सामना गरिराखेको छ। खेलको पहिलो हाफमा नेपालले १-० गोल खाएको छ।
हलचोकस्थित सशस्त्र प्रहरी (एपीएफ) क्लको मैदानमा भएको खेलमा नेपालले पहिलो हाफमै १० गोल खाएको हो।

 

म्यानमारले नेपालमाथि खेल सुरु भएको ४, ५, ७, ९, १७, २०, २८, २९, ३२, ३७ मिनेटमा गोल गरेको हो। नेपाल पहिलो खेलमा फिलिपिन्ससँग ४-० ले पराजित भएको थियो।

यो खेलमा पराजित भए नेपाल छनोट प्रतियोगिताबाट बाहिरिने छ।