काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले बजार अनुगमन गरेर ब्यपारीलाई तर्ताउन खोजेको होइन भन्दै ब्यपारीहरुले गुणस्तरीय समान उपभोक्ता लाई बेच्नु पर्ने कुरा बताएका छन । त्यस्तै चोरीका सामान बिक्री गर्ने व्यापारीलाई पनि कडा कार्वाही गर्ने चेतावनी दिएका छन् ।
अर्थमन्त्री खतिवडाले सुन, गाडी वा अन्य कुनै पनि चोरी गरेर ल्याइएको सामान विक्री गरे सरकारले त्यस्ता व्यापारीलाई कडा कार्वाही गर्ने चेतावनी दिएका हुन् ।
शनिबार काठमाडौंमा आयोजित नेपाल खुद्रा व्यापार संघको ३९ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले सरकारले इमान्दार व्यापारीलाई मात्रै संरक्षण दिने पनि स्पष्ट पारे ।
अर्थमन्त्री खतिवडाले राजनीतिक संरक्षणको आधारमा भन्सार कर छली गर्ने व्यापारीलाई सरकार दोब्बर कार्वाहीको दायरामा ल्याउन बाध्य हुने पनि स्पष्ट पारे ।
उनले विगतमा राजनीतिक संरक्षणको आधारमा भन्सार कर छली हुने गरेको पाइएको उल्लेख गर्दै अब त्यस्तो हुन नदिइने दृढता समेत व्यक्त गरे ।