बुटवल–प्रदेश–५ ले अस्थायी राजधानी बुटवलमा भव्यताका साथ संविधान दिवस मनाएको छ ।
बुटवलमा बिहान आयोजित प्रभातफेरीमा विभिन्न समूदायको कला संस्कृति झल्किने झाँक्रीहरु प्रदर्शन गरिएको थियो ।
प्रभातफेरी पश्चात बुटवल बहुमुखी क्याम्पसको प्राङ्गाणमा संविधान दिवस मुल समारोहले औपचारिक कार्यक्रम गरेको थियो ।
समारोहमा मु्ख्यमन्त्री शंकर पोखरेलसहित, प्रदेश ५ का मन्त्रीहरु, उच्च पदस्थ अधिकारी, विभिन्नओहदाका कर्मचारी , तीन वटै सुरक्षा निकाय र विभिन्न संघ सस्थालगायतको सहभागिता रहेको थियो ।
यसैबीच संविधान दिवसको अवसरमा प्रदेश नम्वर ५ का प्रमुख उमाकान्त झा र मुख्य मन्त्री शंकर पोखरेलले छुट्टा–छुट्टै शुभकामना सन्देश दिएका छन् ।