काठमाडौँ । अखिल क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलन भब्य समारोहका बीच सम्पन्न भएको छ । सोमबारबाट काठमाडौंमा सुरु भएको उक्त सम्मेलन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ ।
सम्मेलनले अध्यक्षमा आलोक रायमाझी, महासचिवमा सुन्दर रायमाझी सचिव मनोज यादव, सहसचिव सुस्मिता कुलुङ, कमल बोहरा र कोषाध्य बिनोद सुनामसहित १५१ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको छ ।
सम्मेलनले शैक्षिक क्षेत्रमा भएका नीजिकरण, दलालीकरण र माफियाकरणका विरुद्ध संघर्ष गर्ने निर्णय गरेको छ । देशभर अभियानात्मक रुपमा शैक्षिक आन्दोलनको उठान गर्ने लगायतका निर्णय गरेको छ ।