टोकियो, जापान । अर्घाखाँची समाज जापानले जिल्लाका विशिष्ट व्यक्तिहरुलाई जापानको टोकियोमा सम्मान गरेको छ ।
अर्घाखाँची समाज जापानले आयोजना गरेको कार्यक्रममा बिभिन्न बिशिष्ट
ब्यक्तित्वहरुको सहभागीता रहेको उक्त कार्यक्रममा
सर्वोच्च अदालतका उप(सचिव अशोक क्षेत्री, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उप(सचिव लक्ष्मी पौड़ेल, नेपाल सरकारका शाखा अधिकृत रामाराम दाहाल र लोक गायिका सम्झना लामिछानेलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा बोल्दै समाजका अध्यक्ष नेत्र विष्टले देश र जनताको पक्षमा जापानमा सिकेको ज्ञानको सदुपयोग हुने विश्वास व्यक्त गरेका थिए । कार्यक्रममा समाजका उपाध्यक्षद्वय आर्यन टण्डन र कृष्ण केसीले खादा लगाईदिएर सम्मान गरेका थिए ।
कार्यक्रम समाजकाअध्यक्ष नेत्र विष्टको सभापतित्वमा सम्पन्न भएको थियो । उपाध्यक्ष दीपक थापाले स्वागत भाषण र समाजका महासचिव बाबुराम पौडेलले कार्यक्रम संचालन गरेका थिए ।