काठमाडौं–ललितपुरका चन्दनकृष्ण कायस्थको बूढानीलकण्ठमा रहेको करोडौं मूल्य पर्ने घडेरी कीर्ते गरेर बेचबिखन गरेको आरोपमा मालपोत कार्यालय चाबहिलका ४ कर्मचारी पक्राउ परेका छन्
पक्राउ पर्नेमा मालपोत अधिकृत खगेन्द्र अर्यालसहित नासु रघुनाथ तिमल्सिना, रञ्जन कुमार खरेल र जमुना कुमारी श्रेष्ठ रहेका छन् ।
महानगरीय प्रहरी बृत्त गौशालाले ४ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अघि बढाइएको जानकारी दिएको छ ।