१४ लाख नदिएपछि चरित्र हत्या गरियोः अध्यक्ष बुढा

२२ भाद्र २०७५, शुक्रबार ११:३१

अछाम ढकारी गाउपालीकाका बिरुद्ध प्रकाशन र प्रसारण भएका समाचारहरु तथ्यहिन र भ्रामक समाचार भएको भन्दै त्यस्ता संञ्चार माध्यामका बिरुद्ध कानुनी प्रकृयामा अघिबढ्ने ढकारी गाउपालीकाले जनाएको छ ।

 

 

 


मंगलसेनमा पत्रकार सम्मेलन गर्दै गाउपालीकाका अध्यक्ष धन बहादुर बुढाले आफ्नो र कर्मचारीको चरित्र हत्या गर्दै तथ्यहिन र भ्रामक समाचार प्रकाशन र प्रसारण गर्ने संञ्चार माध्याम र पत्रकारका बिरुद्ध कानुनी उपचार खोज्ने निर्णय गाउपालीकाको बैठकले गरेको पत्रकार सम्मेलनमा जानकारी गराईएको हो । एफएम रेडियो, अनलाईन पत्रिका र साप्ताहीक पत्रिकामा आफ्नो र गाउपालीकाको बदनाम गर्ने उदेश्यले समाचार प्रकाशन र प्रसारण गरेको भन्दै अब कानुनी प्रकृया अगाडी बढाउने गाउपालीकाले निर्णय गरिसकेको गाउपालीकाका अध्यक्ष बुढाले पत्रकार सम्मेलनमा जानकारी गराए । ।

केही संञ्चार माध्याममा प्रकाशन र प्रसारण भएका समाचारमा कुनैपनी सत्यता नभएकाले यस्ता भ्रामक समाचारको बिश्वाश नगर्न आम अछाम बासीलाई अनुरोध गरेका छन ।गाँउपालीकाको गाडी खरिदमा कुनैपनी अनियमीतता नभएकाले यसमा भ्रममा नपर्न अध्यक्ष बुढाले बताएका छन । ‘भ्रामक समाचार प्रकाशन प्रसारण गर्ने पक्षले हामि कानुनि पक्रियामा जाने पक्का भइसकेपछि आपसी समझदारी गर्नु पर्ने दबाब दिएको छ ।’

पत्रकारिता संवेदनशिल र मर्यादित पेशा भएकाले आफु जहिल्यै प्रेस स्वतन्त्रताको पक्षमा रहेको उनले बताए । अध्यक्ष बुढाले जिल्ला स्थित रेडियो रामारोशन एफएम, कैलास पोष्ट, चौरपाटी साप्ताहीक र जन आस्थामा प्रकाशन र प्रशारण भएको सबै कुरा झुटो भएकाले आफूहरु त्यस बिरुद्ध अदालत जान लागेको बताए । पत्रकार सम्मेलनमा उनले एफएमका नाममा करिब १४ लाख बढी रकम माग गरिएको र सो रकम नदिएका कारण यस्तो गलत प्रचार गरिएको बताए । त्यस क्रममा उनले रकम माग गरिएका कागजात पनि सार्वजनिक गरेका थिए ।