१२ औं महाधिवेशनको तयारीमा नेविसंघ

२४ भाद्र २०७५, आईतवार १४:३५

काठमाडौं– यतिवेला   १२ औं महाधिवेशनको तयारीमा नेविसंघ जुटदै छ संघले महाधिवेशनको तयारीको कामलाई तीव्रता दिएको छ ।

नेपाल विद्यार्थी संघ केन्द्रिय कार्य समितिको आईतबार पनि काठमाडौंमा जारी बैठकले १२ औं महाधिवेशन सम्पन्न गर्नका लागि आवश्यक तयारीको कामलाई तीव्रता दिएको हो । महाधिवेशनका लागि आवश्यक आयोजक समिति गठन, विधान संशोधनलगायतको कामलाई सम्पन्न गर्न बैंठक केन्द्रित रहेको संघले जनाएको छ ।

संघको आजको बैठकले विधान संशोधन गर्नेछ । त्यसैगरी महाधिवेशन गर्नका लागि कातिक ११ गतेसम्म देशका सबै तहबाट प्रतिनिधि चयन गरी सक्ने कार्यतालिका पनि बैठकमा पेश गरिएको छ । नेपाल विद्यार्थी संघको १२ औं महाधिवेशन आगामी कार्तिक १६, १७ र १८ गते काठमाडौंमा आयोजना हुँदैछ ।

संघका अध्यक्ष महरको नेतृत्वमा महाधिवेशन मूल आयोजक समिति बनाउने प्रस्ताव पनि बैठकमा गरिएको छ । अध्यक्ष महरले प्रतिनिधि चयनको काम स्वच्छ ढंगले सम्पन्न गर्न मातहतका सबै समितिहरुलाई सचेत गराएका छन् । महाधिवेशन सम्पन्न गर्न विभिन्न उपसमितिहरु पनि गठन गरिने संघले जनाएको छ ।

नेपाल विद्यार्थी संघभित्र पनि महर संस्थापन पक्षका रहेका छन् भने महासचिव कुन्दनराज काफ्ले वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका हुन् ।