१०० वर्ष पुगे राष्ट्रकवि माधव घिमिरे

७ आश्विन २०७५, आईतवार १०:५८

 

काठमाडौं । एक सय वर्ष पुगेका राष्ट्रकवि माधव घिमिरेलाई उनकै निवासमा पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीले भेटेकी छन् । राष्ट्रपति भण्डारी फूलको बुकी बोकेर राष्ट्रकविलाई भेट्न गएकी थिइन् ।

एक सय वर्ष पुगेका राष्ट्रकवि घिमिरेले निवासमा पूजापाठ पनि गरेका छन् । उनलाई एकसयौं जन्मदिनको शुभकामना दिन आफन्त, छिमेकी र शुभचिन्तकहरु पनि लैनचौरस्थित उनको निवासमा भेला भएका थिए ।